काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले विभिन्न दुईजना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको स.स्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले २ लाख ९० हजार २९६ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
सेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र बबरमहलमा रहेको कम्पनीका सचिवको कार्यालयमा आवेदन दिनु पर्नेछ ।
निर्धारित समयभित्र सेयर खरिदका लागि कुनै आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।