बुधबार, असार ४,२०८२ 07:21:03
  • बुधबार, असार ४,२०८२ 07:21:03
Global IME Bank Limited

फोटोन टुनल्यान्ड जी७ अब नेपालमा डेब्यु गर्न तयार

Hyundai Nepal
फोटोन टुनल्यान्ड जी७ अब नेपालमा डेब्यु गर्न तयार
Nabil Bank Limited

काठमाण्डौ । चीनको नम्बर १ व्यावसायिक ब्रान्ड फोटोनले आफ्नो नयाँ शक्तिशाली पिकअप गाडी फोटोन टुनल्यान्ड जी७ नेपालमा सार्वजनिक गर्न लागेको छ।अत्याधुनिक प्रविधिसहितको यो गाडी हिमाली राष्ट्र नेपालको भौगोलिक परिवेशमा उत्कृष्ट प्रदर्शन गर्ने गरी निर्माण गरिएको हो।चीनमै पहिलो अटोनोमस कमर्सियल भेहिकल सार्वजनिक गर्ने इतिहास बोकेको फोटोनले प्रविधि र नवीनताको सीमाना निरन्तर फराकिलो बनाइरहेको कम्पनीको भनाई छ।फोटोन टुनल्यान्ड जी७ कम्पनीको यही प्रतिबद्धता र आधुनिक डिजाइनप्रतिको विश्वासको प्रमाण हो।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

टुनल्यान्ड जी७ उपभोक्ताहरूका लागि बनाइएको हो जो सडकमा उच्च प्रदर्शन क्षमताका साथै इन्टेलिजेन्ट टेक्नोलोजीको चाहना राख्दछन्।नेपालको चुनौतीपूर्ण भूगोलमा उत्कृष्ट प्रदर्शन गर्न सक्षम यो गाडीमा १६० हर्स पावरको शक्ति र ३९० एनएम टर्क उपलब्ध छ।२२५ मिमीको प्रशंसायोग्य ग्राउन्ड क्लियरेन्स भएको यो गाडीले असहज बाटो, उकालो–ओरालो र अप्रत्याशित हिमाली बाटाहरू सजिलै पार गर्न सक्नेछ।हिल होल्ड कन्ट्रोल र हिल डिसेन्ट कन्ट्रोल जस्ता विशेषताले उकालो चढ्ने वा ओरालो झर्ने अवस्थाहरूमा सुरक्षाको अनुभूति दिलाउँछन् साथै पुस–स्टार्ट इन्जिनबटनले गर्दा सजिलै गाडी स्टार्ट गर्न मिल्छ।

फोटोन टुनल्यान्ड जी७ ले मजबुत क्षमतासँगै आरामदायी यात्रापनि सुनिश्चित गर्छ। क्याबिनभित्र छिरेपछि १२.३ इन्चको इन्फिनिटी स्क्रिन रहेको छ ।  चालक र यात्रु दुवैलाई कुनैपनि मौसममा आरामदायी अनुभव दिनका लागि सिटहरू हीटेड र भेन्टिलेटेड छन्, र तिनीहरू १२ तरिकाले इलेक्ट्रिक रूपमा एड्जस्ट गर्नमिल्ने खालका छन्।प्यानोरामिक सनरूफले आकाशसँगको प्राकृतिक सम्पर्कको अनुभूति गराउने अपेक्षा गराउँदै शक्तिका अलावा खुलापन र सौन्दर्य पनि सँगसँगै उपलब्ध हुनसक्छ । र, स्वचालित एयर कन्डिसनिङ सिस्टमले जुनसुकै मौसममा सहज वातारण सुनिश्चित गर्नेछ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.