काठमाण्डौ । एनएमबि क्यापिटल लिमिटेडले सेवाग्राहीलाई डिम्याट खाताको नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ। कम्पनीले एनएमबि क्यापिटल, एनएमबि बैंक र एनएमबि सेक्युरिटिजमा हितग्राही खाता खोली धितोपत्रको कारोबार गरिरहेका सेवाग्राहीलाई वार्षिक सञ्चालन शुल्क बुझाउन आग्रह गरेको हो।
डिम्याट खातावालाहरूले प्रत्येक आर्थिक वर्षको वार्षिक सञ्चालन शुल्क १०० रुपैयाँका दरले वार्षिक नवीकरण शुल्क बुझाउनुपर्ने छ। खातावालाहरले आगामी असार ३२ गतेभित्र एनएमबि बैंक वा एनएमबि बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट वा आइएमई पे, खल्ती, कनेक्ट आईपीएस र प्रभु पेमार्फत भुक्तानी गर्न सक्नेछन् ।
समयमा सञ्चालन शुल्क नबुझाएमा डिम्याट खाता स्वतःरोक्का हुने कम्पनीले जनाएको छ ।