काठमाण्डौ । टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेडले आईपीओ निष्कासनको तगारी थालेको छ । कम्पनीले आईपीओको निष्कासनको विशेष प्रस्ताव पारित गर्ने उद्देश्यसहित साधारण सभा आह्वान गरेको छ ।
असार १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पाँचौं वार्षिक साधारण सभा असार २८ गते पोखरामा रहेको होटल पौवामा बिहान साढे ८ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ ।
उक्त सभामा कम्पनीको जारी पूँजीको २०.५३ प्रतिशतको आईपीओ निष्कासन गर्ने र यसका लागि सम्बन्धित निकायमा स्वीकृतीका लागि पेश गर्ने तथा नियमनकारी निकायबाट प्राप्त निर्देशन बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै रिक्त रहेको सञ्चालक पदपूर्ति गर्ने, लाभांश वितरण गर्ने र लगानी सम्बन्धी प्रस्तावहरु समेत पारित गरिनेछ । सभामा आव २०८०÷८१ को वार्षिक प्रतिवेदन तथा सोही अवधिको वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।