काठमाण्डौ । रसुवागढी हाईड्रोपावर कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा राजन ढकाल चयन भएका छन् । असार १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले रिक्त रहेको अध्यक्षमा ढकाललाई चयन गर्ने निर्णय गरेको हो ।
यस्तै बैठकले संस्थापक सेयरधनी संस्था चिलिमे जलविद्युत कम्पनी लिमिटेडबाट यस कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गरिरहेका सञ्चालक तथा सञ्चालक समितिका अध्यक्ष समेत रहेका सुभाष कुमार मिश्रको स्थानमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत बाबुराजा महर्जन मनोयन भएका छन् ।
त्यसैगरी, कम्पनीका प्रबन्ध सञ्चालक छविलाल गैह्रे सरुवा भएकाले रिक्त रहेको कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा कम्पनीको सञ्चालक समितिको बैठकबाट कम्पनीद्वारा प्रवर्द्धित आयोजनाका आयोजना प्रमुख सत्य राम ज्याख्वलाई अर्को व्यवस्था नहुँदासम्मका लागि निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरिएको छ ।