Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

व्यवसायमा आक्रामक वृद्धि भए पनि इम्पेयरमेन्ट चार्ज बढ्दा नेपाल इन्भेष्टमेन्ट मेगाको वितरणयोग्य मुनाफा ऋणात्मक

Global IME Bank Limited
व्यवसायमा आक्रामक वृद्धि भए पनि इम्पेयरमेन्ट चार्ज बढ्दा नेपाल इन्भेष्टमेन्ट मेगाको वितरणयोग्य मुनाफा ऋणात्मक
Nabil Bank Limited

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमीटेडको खराब कर्जा अनुपात बढेर कमाएको नाफामध्ये ठूलो रकम इम्पेयरमेन्ट चार्जको रुपमा प्रभिजन गर्नुपर्दा वितरणयोग्य मुनाफा ऋणात्मक बन्न पुगेको छ ।  

बैंकले आइतबार प्रकाशित गरेको चालु आर्थिक वर्षको दोश्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणमा यस्तो अवस्था देखिएको हो ।  

बैंकले समीक्षा अवधिमा इम्पेयरमेन्ट चार्जको रुपमा २ अर्ब ८६ करोड रुपैयाँ प्रभिजन गर्नुपरेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो प्रभिजन ६० करोड ८३ लाखमा सीमित थियो ।  

अघिल्लो वर्षको यही अवधिसम्म ३.७१ प्रतिशतको सीमित खराब कर्जाको अनुपात समेत बढेर ४.७५ प्रतिशत पुगेको छ । नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थालाई खराब कर्जाको अनुपात ५ प्रतिशतभित्रै राख्न पटक पटक निर्देशन दिंदै आएको छ । कुनै कम्पनीको खराब कर्जा अनुपात ५ प्रतिशत नाघेमा राष्ट्रबैंकले कारबाही गर्ने गरेको छ । 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

 

इम्पेयरमेन्ट चार्ज ह्वात्तै बढ्दा यसले बैंकको नाफा समेत नराम्ररी प्रभावित गरेको छ । समीक्षा अवधिका लागि बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९५ करोडले ऋणात्मक बन्न पुगेको छ।

यस्तै, अघिल्लो वर्षको यही अवधिसम्म २ अर्बभन्दा बढी रहेको खूद नाफा घटेर यो वर्ष १ अर्ब ८० करोडमा सीमित बन्न पुगेको छ ।  

अघिल्लो वर्ष २ अर्ब ९८ करोड रुपैयाँमा सीमित सञ्चालन मुनाफा भने बढेर ३ अर्ब २ करोड माथि रहेको छ ।  

बैंकले व्यापक रुपमा व्यवसाय बिस्तारमा ध्यान दिएको वित्तीय विवरणबाट देखिन्छ । फलस्वरुप खूद ब्याज आम्दानी अघिल्लो वर्ष यही अवधिसम्म ४ अर्ब १८ करोड रहेकोमा बढेर यो वर्ष ७ अर्ब ५४ करोडको उचाईमा पुगेको छ ।  

नाफा घट्दा बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी पनि १५.६१ रुपैयाँबाट घटेर १०.५६ रुपैयाँमा सीमित बन्न पुगेको छ ।  

समीक्षा अवधिसम्ममा बैंकले ३ खर्ब ८९ अर्ब बढी निक्षेप संकलन गरी ३ खर्ब १२ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्ममा ३ खर्ब ५४ अर्ब बढी निक्षेप संकलन गरी ३ खर्ब ३ अर्ब बढी कर्जा परिचालन गरेको थियो ।  

समीक्षा अवधिमा बैंकको मूल्य आम्दानी अनुपात १६.६ गुणा, प्रतिसेयर नेटवर्थ १७०.७ रुपैयाँ कायम भएको छ ।  

 


Nepal Investment Mega Bank Limited
CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.