काठमाण्डौ । विगत दुई हप्तामा दक्षिणी जापानका दुर्गम र कम जनसंख्या भएका टापुहरूमा ९०० भन्दा बढी भूकम्पको धक्का महसुस गरिएको छ । जसका कारण यस क्षेत्रका मानिसहरु चिन्तित र रातभर जाग्राम बस्ने गरेका छन् ।
बुधबारको ५.५ म्याग्निच्युडको भूकम्पपछि अधिकारीहरूले जुन २१ यता टोकरा टापु वरपरको समुन्द्रमा भूकम्प सम्बन्धी गतिविधि धेरै सक्रिय भएको बताएका छन्।
अधिकारीहरूले अहिले कुनै क्षतिको खबर नआएको र सुनामीको चेतावनी पनि नदिइएको तर आवश्यक परेमा तयार रहन भनेका छन् । जापान विश्वकै सबैभन्दा धेरै भूकम्पीय सक्रिय देशहरू मध्ये एक हो। यहाँ हरेक वर्ष करिब १५ सय भूकम्प जाने गरेको छ ।