काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा ९ अर्ब ६४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकरमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा अनलाइन सेक्युुरिटिज, सनि सेक्युुरिटिज, इम्पेरियल सेक्युुरिटिज, एबीसी सेक्युुरिटिज, त्रिशक्ति सेक्युुरिटिज र क्यापिटल म्याक्स सेक्युुरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा नासा सेक्युुरिटिज, भिजन सेक्युुरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युुरिटिज र दिपशिखा धितोपत्र कारोबार कम्पनी रहेका छन् ।
आज सर्वाधिक सेयर कारोबार गर्ने ब्रोकर कम्पनीमा नासा सेक्युुरिटिज रहेको छ । उक्त ब्रोकरबाट १ अर्ब ५ करोड रुपैयाँमाथिको कारोबार भएको छ । जसमा ४८.३२ प्रतिशत सेयर खरिद भएको छ भने ५१.६८ प्रतिशत सेयर बिक्री भएकोछ ।
