काठमाण्डौ । जापानमा आइतबार भएको निर्वाचनमा सत्तारुढ गठबन्धनले संसदको माथिल्लो सदनमा बहुमत ल्याउन असफल भएको छ । जसका कारण प्रधानमन्त्री शिगेरु इसिबाको राजनीतिक अवस्था थप चुनौतीपूर्ण बनेको छ ।
लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) नेतृत्वको गठबन्धनले २४८ सदस्यीय माथिल्लो सदनमा जम्मा ४७ सिट मात्र ल्याएको छ, जुन बहुमतका लागि आवश्यक ५० सिटभन्दा कम हो।
जापानको संसदीय प्रणालीमा तल्लो सदनलाई बढी शक्तिशाली मानिन्छ। सत्तारुढ गठबन्धनले गत वर्षको अक्टोबरमा तल्लो सदनमा आफ्नो बहुमत गुमाएको थियो।
तर, प्रधानमन्त्री इसिबाले भने आफू पदमै रहने स्पष्ट पारेका छन् । उनले अमेरिकासँगको प्रस्तावित व्यापार सम्झौतालाई यसको श्रेय दिए। ‘जापानले अगस्ट १ सम्ममा अमेरिकासँगको व्यापार सम्झौतालाई अन्तिम रूप दिनुपर्छ। यो मेरो प्राथमिक जिम्मेवारी हो,’ इशिबाले भने।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                        (26).jpg) 
                                        .jpg) 
                                        .jpg) 
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                