शनिबार, फाल्गुन २,२०८२ 07:57:24
Bizshala
  • शनिबार, फाल्गुन २,२०८२ 07:57:24
Bizshala
Global IME Bank Limited

होटल सिराइचुलीले सर्वसाधारणलाई शेयर निष्कासन गर्ने, नबिल इन्भेष्टमेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त

होटल सिराइचुलीले सर्वसाधारणलाई शेयर निष्कासन गर्ने, नबिल इन्भेष्टमेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त
Shivam Cement

काठमाण्डौ । चितवनको भरतपुरस्थित चारतारे होटल सिराइचुली लिमिटेडले सर्वसाधारणलाई प्राथमिक शेयर (IPO) निष्कासन गर्ने भएको छ। विद्यमान धितोपत्र दर्ता तथा निष्कासनसम्बन्धी नियमावली र निर्देशनअनुसार नियामक निकायबाट आवश्यक स्वीकृति प्राप्त गरी कम्पनीले IPO जारी गर्न लागेको हो।

कम्पनीले IPO निष्कासन तथा बिक्री व्यवस्थापनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

भरतपुर महानगरपालिका–१० मा अवस्थित होटल सिराइचुली आधुनिक वास्तुकलाले निर्मित सुविधासम्पन्न चारतारे होटल हो। यस होटलमा समकालीन आवास व्यवस्था, मल्टिकुजिन रेष्टुरेन्ट, तीन वटा बैंक्वेट हल, पाँच वटा बोर्डरूम, इनफिनिटी स्विमिङ पूल, रुफटप रेष्टुरेन्ट, पुलसाइड बार, जिम र स्पा लगायतका अत्याधुनिक सेवा-सुविधा उपलब्ध छन्।

शहरको केन्द्रमै रहेको यो होटलबाट हिमालय श्रृंखलाको मनोरम दृश्य समेत अवलोकन गर्न सकिन्छ। कम्पनीका अनुसार यात्रुहरूको विश्राम तथा आरामदायी बसोबासका लागि कोठा र सुइटहरू आधुनिक सजावटसहित तयार गरिएको छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

IPO निष्कासनसम्बन्धी सम्झौतामा होटल सिराइचुली लिमिटेडको तर्फबाट अध्यक्ष श्री चुडामणी खनाल र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री मनिष नारायण जोशीले हस्ताक्षर गरेका थिए। सम्झौतामा होटल सिराइचुलीका सञ्चालक श्री बाबुराम उपाध्याय र प्रबन्ध सञ्चालक श्री विष्णु कुँवरको रोहबरमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको कम्पनीले जनाएको छ।

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.