काठमाण्डौ । जापानका प्रधानमन्त्री शिगेरु इसिबा आगामी महिनाको अन्त्यसम्ममा राजीनामा दिने तयारी गरेका छन् । इसिबाको नेतृत्वमा भएको निर्वाचनमा पराजयपछि सत्तारूढ दलले माथिल्लो सदनमा बहुमत गुमाएको छ। जसका कारण उनले राजीना दिन लागेको जापानी सञ्चारमाध्यमहरुले बताएका छन् ।
यो पराजयको केही दिनमै इसिबाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग एक व्यापार सम्झौता घोषणा गरेका छन् । सम्झौताअनुसार जापानी सवारीसाधनहरूमा ट्यारिफ घटाइनेछ र जापानलाई थप अमेरिकी प्रतिबन्धबाट जोगाइनेछ।
आइतबार भएको निर्वाचनमा खराब नतिजा आए पनि इसिबाले तत्काल राजीनामा नदिने भन्दै आर्थिक चुनौती र व्यापार सम्झौता टुंगो लगाउने अडान लिएका थिए। तर जापानको यमीउरी पत्रिकाको अनुसार, इसिबाले मंगलबार साँझ आफ्ना निकट सहयोगीहरूलाई ‘सम्झौता भएपछि मात्र आफ्नो जिम्मेवारीको मूल्यांकन गर्ने’ बताएका थिए।
यदि उनले वास्तवमै राजीनामा दिए भने, आफ्नो कार्यकालको एक वर्ष पनि पुरा नगरी पद छाड्नेछन्, जसले सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) भित्र नयाँ नेतृत्वको दौड सुरु हुनेछ। एलडीपी अहिले दायाँपन्थी नयाँ दलहरूबाट कडा चुनौती सामना गरिरहेको छ ।
‘जापान फर्स्ट’ को नीति लिएको संसेइतो दल अहिले विशेष चर्चामा छ। यो दलले माथिल्लो सदनमा आफ्नो सिट संख्या १ बाट १४ पुर्याएको छ। आप्रवासन नियन्त्रण, कर कटौती, र महँगीको मारमा परेका घरपरिवारलाई आर्थिक राहत दिने प्रतिबद्धताले संसेइतोले लोकप्रियता पाएको हो।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                        (26).jpg) 
                                        .jpg) 
                                        .jpg) 
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                