शनिबार, फाल्गुन २,२०८२ 06:10:35
Bizshala
  • शनिबार, फाल्गुन २,२०८२ 06:10:35
Bizshala
Global IME Bank Limited

दीपेन्द्र अग्रवाल आज थुनामुक्त हुने सम्भावना, ‘थप उजुरीहरु परेनन्’

दीपेन्द्र अग्रवाल आज थुनामुक्त हुने सम्भावना, ‘थप उजुरीहरु परेनन्’
Shivam Cement

काठमाण्डौ । सेयर कारोबारी दीपेन्द्र अग्रवालमाथि अनुसन्धानका लागि बिहीबार प्रहरीले अदालतबाट एकदिनका लागि म्याद थप गरेको छ ।  

थप अनुसन्धान आवश्यक भएको दलिल प्रहरीको तर्फबाट पेश भएपछि उनलाई थप एक दिन हिरासतमा राख्ने अनुमति जिल्ला अदालतले दिएको हो । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

धोकापूर्ण कारोबारको कसूरमा उनलाई प्रहरीले ३ दिनअघि काठमाण्डौको टोखा क्षेत्रबाट पक्राउ गरेको थियो । पक्राउ लगत्तै ३ दिन हिरासतमा राख्ने आदेश प्रहरीले पाएकोमा एकदिन समेत थपेको हो ।  

अग्रवालका सहयोगीहरुका अनुसार बुधबारदेखि उनको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भू थापा लगायतले बहसमा सहभागिता जनाइरहेका छन् । थापा लगायतका अधिवक्ताहरुको साथ रहेका कारण अग्रवाल शुक्रबार नै थुनामुक्त हुने सम्भावना रहेको एक सहयोगीले जानकारी दिए ।  

प्रहरीले अन्य कतैबाट अग्रवालविरुद्ध उजुरी पर्ने अपेक्षा गरे पनि त्यस्तो नभएको समेत ती सहयोगीले दाबी गरे । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

शुक्रबारसम्म पनि त्यस्ता उजुरी नआएको खण्डमा जुन प्रकरणमा अग्रवाल पक्राउ परेका हुन्, त्यसबाट चाहिँ शुक्रबार थुनामुक्त हुने सम्भावना रहेको ती सहयोगीको दाबी छ ।  

दुई व्यक्तिसँग सेयर कारोबारका लागि केही करोड लिएर धोकापूर्ण ढंगले सो पैसा फिर्ता नगरेको आरोप अग्रवालमाथि छ । तर, अग्रवाल पक्षले भने सिप्ला सेक्युरिटिज नामको सेयर ब्रोकरबाट आफूहरुले ३३ करोड बढी भुक्तान लिन बाँकी रहेको र सोही प्रकरणमा जोडिएकाहरुलाई प्रयोग गरी उल्टै आफूहरुलाई अप्ठ्यारो पार्ने काम गरेको जिकिर गर्दै आएको छ। 

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.