आईतवार, श्रावण ११,२०८२ 03:49:23
  • आईतवार, श्रावण ११,२०८२ 03:49:23
Global IME Bank Limited

१०४% ले बढ्यो इन्फिनिटी लघुवित्तको नाफा, अन्य वित्तीय सूचकको अवस्था कस्तो ?

Hyundai Nepal
१०४% ले बढ्यो इन्फिनिटी लघुवित्तको नाफा, अन्य वित्तीय सूचकको अवस्था कस्तो ?
Shivam Cement

काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जुअनुसार संस्थाले ९ करोड ३७ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म भने संस्थाले ४ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।  

यसरी संस्थाको नाफामा १०४.७१ प्रतिशतको सुधार आएको छ ।  

यो अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी वृद्धि भएको छ । यो अवधिमा संस्थाले ४० करोड ४९ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ३९.६४ प्रतिशतले धेरै हो ।  

Muktinath Bikas Bank Limited

संस्थाको खुद सञ्चालन आम्दानी ४३ करोड ५६ लाख रुपैयाँ र सञ्चालन मुनाफा १३ करोड ४९ लाख रुपैयाँ रहेको छ । संस्थाको सञ्चालन खर्च भने बढेको छ । सञ्चालन खर्च २६ करोड १ लाख रुपैयाँबाट बढेर ३० करोड ७ लाख रुपैयाँ पुगेको छ ।  

यस्तै खुद शुल्क तथा कमशिन आम्दानी भने ४९.६७ प्रतिशतले बढेर ७ करोड २७ लाख पुगेको छ ।  

अघिल्लो आवमा ४९ लाख १८ हजार रुपैयाँ रहेको संस्थाको रिटेन्ड अर्निङ ८ करोड ३२ हजार रुपैयाँले धनात्मक बनेको छ । रिजर्भको आकार १९ करोड २५ लाख रुपैयाँबाट बढेर २० करोड १७ लाख रुपैयाँ पुगेको छ । संस्थाको खराब कर्जा अनुपात १०.१९ प्रतिशतबाट घटेर ७.४३ प्रतिशतमा सीमित बनेको छ ।    

संस्थाको निक्षेप संकलन १ अर्ब ३९ करोड र कर्जा प्रवाह ५ अर्ब ८३ करोड रुपैयाँ रहेको छ । संस्थाको वितरणयोग्य मुनाफा ८ करोड ३२ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवमा यस्तो रकम ४९ लाख १८ हजार रुपैयाँले ऋणात्मक थियो ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)१८.८५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५६.६५ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ३०७.३३ रुपैयाँ,मूल्य आम्दानी अनुपात ४६.१६ गुणा र तरलता अनुपात ८.५५ प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.