काठमाण्डौ । नेपाल राष्ट्र बैंकी डेपुटी गभर्नर निलम ढुंगानाले नयाँ बैंकको लाइसेन्स तत्कालै बाँड्न सकिने अवस्था नरहेको बताएकी छन् । ढुंगानाले आइबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा यस्तो बताएकी हुन् । रहेको बताएकी हुन्।
उनले नेपाल राष्ट्र बैंकले २ वर्षअघि बैंकहरुको संख्या १५–१८ को हाराहारीमा हुनुपर्ने भन्दै रिपोर्ट निकालेको र अहिले फेरि नयाँ खुलाउनुपर्छ भन्दै धमाधम नयाँलाई लाइसेन्स दिन नहुने बताइन् । यो विषयमा बिना अध्ययन ह्वात्तै अघि बढ्न नसकिने समेत उनले बताइन् ।
उनले भनिन् , ‘बैंकहरुमा अस्वस्थ प्रतिस्पर्धा भयो भन्न थालेको अहिले धेरै भएको छैन । कतिपय बैंकहरूमा समस्या भएका कारण अरूमा मर्ज गरिएको थियो,’ उनले भनिन् ।