काठमाण्डौ । मौद्रिक नीति सार्वजनिक भएको लामो समय बित्तिसक्दा पनि नेपाल राष्ट्र बैकले ‘घ’ वर्गका वित्तीय संस्थाका लागि सर्कुलर ल्याउन सकेको छैन । मौद्रिक नीति आएपछि त्यसमा भएको व्यवस्थाहरुलाई थप प्रष्ट पार्न र कार्यान्वयनका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सर्कुलर जारी गर्ने गर्छ ।
राष्ट्र बैकको क, ख, र ग वर्गका यस्तो सुर्कलर जारी गरिसकेको छ । तर ‘घ’ वर्गका लागि भने अझैसम्म पनि सर्कुलर जारी हुन सकेको छैन । हाल लघुवित्त वित्तीय संस्थाहरुमा कसले कतिसम्म लाभांश बाढ्न पाउने भन्ने विषय अझै पष्ट भएको छैन ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितले ‘घ’ वर्गाका लागि पनि छिट्टै सुर्कलर जारी गरिने बताए । उनले भने ‘अहिले लघुवित्तहरुको नाफा एकिन पनि भईसकेको अबस्था छैन । यस विषयमा राष्ट्र बैंकले अध्ययन गरिरहेको छ । हामीले सहि समयमा यस विषयमा सर्कुलर ल्याउने छौं ।’