शुक्रबार, माघ ९,२०८२ 09:18:49
Bizshala
  • शुक्रबार, माघ ९,२०८२ 09:18:49
Bizshala
Global IME Bank Limited
Bizshala

‘होण्डा डिओ १२५’ ले बनायो नयाँ कीर्तिमान,बन्यो ५३०० मिटरको उचाई चुम्ने नेपालकै पहिलो स्कूटर

‘होण्डा डिओ १२५’ ले बनायो नयाँ कीर्तिमान,बन्यो ५३०० मिटरको उचाई चुम्ने नेपालकै पहिलो स्कूटर
Shivam Cement

काठमाण्डौ । नेपालको सवारी साधन इतिहासमै पहिलो पटक कुनै स्कूटरले ५३०० मिटर उचाइमा अवस्थित ज्याङलापास (उपल्लो डोल्पा) सम्मको साहसिक यात्रा सफलतापूर्वक सम्पन्न गरेको छ । यो कीर्तिमानी यात्रा नेपाल एट् वन्डर टोलीले स्याकार ट्रेडिङ कम्पनी प्रालिको सहकार्यमा होण्डा डिओ १२५ स्कूटर मार्फत सम्पन्न गरेको हो ।

शहरी यात्राका लागि निर्मित स्कूटरले हिमाली भूपरिधिमा प्रवेश गरेर देखाएको प्रदर्शनीले नेपाली मोटर यात्राको सीमालाई नै पुनः परिभाषित गरिदिएको कम्पनीको भनाई छ । काठमाण्डौदेखि डोल्पासम्मको यात्रा, जोमसोम, भेरोल, धो तराप हुँदै ज्याङलापाससम्म पुगेको यो मार्ग सहज थिएन ।

Bizshala
Garima Development Bank
New Office

यात्रामा लगातार उकालो, ढुंगे बाटाहरू, खोला र बगर पार गर्दै, अक्सिजनको न्यूनता झेल्दै होण्डा डिओ १२५ ले कुनै ठूला यान्त्रिक समस्याविना योयात्रा सम्पन्न गरेको कम्पनीले उल्लेख गरेको छ ।  

यस असाधारण सफलता, स्कूटरमा समावेश १२३.९२ सीसी बीएससिक्स इन्जिन, ईन्ह्यान्स्ड स्मार्ट पावर (ईएसपी), साइलेन्ट स्टार्ट विथ एसीजी, आईडेलिंग प्रणाली, कम्बाइन्ड ब्रेकिंग सिस्टम (सीबीएस)लगायतका अत्याधुनिक प्रविधिको परिणाम भएको कम्पनीको भनाइ छ । साथै, टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन, थ्री–स्टेप एड्जस्टेबल रियर सस्पेन्सन, डिजिटल मिटर,यूएसबी चार्जिङ पोर्ट, र ठूलो बुट स्पेस जस्ता फिचरहरूले लामो र चुनौतीपूर्ण यो यात्रालाई सहज बनाएको नेपाल एट् वन्डरले जनाएको छ ।

नेपाल एट् वन्डर टोलीका अनुसार, यो यात्रा केवल स्कूटरको क्षमता परीक्षण मात्र थिएन, यो एक प्रेरणादायी सन्देश पनि हो ।  

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.