शुक्रबार, श्रावण १६,२०८२ 01:00:31
  • शुक्रबार, श्रावण १६,२०८२ 01:00:31
Global IME Bank Limited

धितोपत्र बोर्डद्वारा मार्जिन कारोबारका लागि ४ सदस्यीय अध्ययन समिति गठन

Hyundai Nepal
धितोपत्र बोर्डद्वारा मार्जिन कारोबारका लागि ४ सदस्यीय अध्ययन समिति गठन
Shivam Cement

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबारका लागि ४ सदस्यीय अध्ययन समिति बनाएको छ । धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले दिएको जानाकारी अनुसार बोर्डले कार्यवाहक कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा ४ सदस्यीय समिति बनाएको हो ।  

जसमा सुपरभिजन प्रमुख रुपेश केसी, कानून विभागबाट निरञ्जय घिमिरे , रेगुलेसन विभागबाट अम्बिका गिरी र सुपरभिजन शाखाबाट अनुज कुमार रिमाल गरेर ४ सदस्य रहेका छन् । उक्त समितिले अब मार्जिन कारोबरसम्बन्धी अध्ययन प्रतिवेदन तयार गरेर पेश गर्नेछ ।  

Muktinath Bikas Bank Limited

यसअघि नेपाल धितोपत्र बोर्डले ब्रोकरहरुको दायरा फराकिलो बनाएको थियो । बोर्डले धितोपत्र नियमावली २०८२ लागू गर्दै धितोपत्र दलाल व्यवसायीहरुको कार्यक्षेत्र बिस्तार गरेको थियो ।

हाल २० करोड पूँजी भएका सबै ब्रोकरहरुले मार्जिन कारोबारको सुबिधा दिन सक्छन् । यसका लागि कार्यविधि भने बनिसकेको अवस्था छैन । पुरानो कार्यविधिलाई धितोपत्र बोर्डले केही परिमार्जन गर्नुपर्ने स्टक ब्रोकर एसोशियसन अफ नेपालका अध्यक्ष सागर ढकाल बताउछन्े ।  

हाल धितोपत्र बोर्डबाट प्रप्ट कार्यविधि नहुँदा ब्रोकरहरुले मार्जिन करोबारको सेवा सुरु गर्न सकेका छैनन् । यस अघि धितोपत्र बोर्डले मार्जिन कारोबारसँग सम्बन्धित कार्यविधि २०७५ सालमा नै बनाएको थियो । जसलाई परिमार्जन सहित समयानुकुल बनाउन ब्रोकरहरुले माग गरेका छन् । मार्जिन कारोबारको निर्देशिका नभएकै कारण २ ठूला स्टक डिलर नबिल स्टक डिलर र नागरिक स्टक डिलरले आफ्नै स्रोत भएता पनि लगानीकर्ताहरुलाई मार्जिन कारोबारको सुविधा दिन सकेका छैनन् ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.