शुक्रबार, श्रावण १६,२०८२ 02:57:49
  • शुक्रबार, श्रावण १६,२०८२ 02:57:49
Global IME Bank Limited

नवनिर्वाचित सिएनआई पदाधिकारी र शिक्षा मन्त्रीबीच छलफल

Hyundai Nepal
नवनिर्वाचित सिएनआई पदाधिकारी र शिक्षा मन्त्रीबीच छलफल
Shivam Cement

काठमाण्डौ । नेपाल उद्योग परिसंघ र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तबीच छलफल भएको छ । परिसंघका नवनिर्वाचित पदाधिकारीसँगको छलफलमा परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले सीपयुक्त जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने बताए ।  

उनले परिसंघले उद्योगसँग शिक्षा र सीपलाई आबद्ध गर्न खोजिरहेको बताउदै त्यसका लागि नीतिगत सुझाव दिन एवं गतिविधि गर्न परिसंघमा शिक्षा तथा सीप समिति गठन गरेको बताए । अध्यक्ष पाण्डेले परिसंघले शिक्षालाई उद्योगसँग जोड्ने मुख्य उद्देश्यसहित नेपालका विभिन्न विश्वविद्यालयहरुसँग समझदारी गरेको जानकारी समेत गराइन् ।

Muktinath Bikas Bank Limited

सो अवसरमा शिक्षा मन्त्री पन्तले उत्पादनसँग तालमेल हुने गरी शिक्षालाई जोड्न आवश्यक रहेको बताउदै सो कार्यलाई सरकारले उच्च प्राथमिकता दिएको बताए । उनले शिक्षामा निजी क्षेत्रको सहभागिता अनिवार्य रहेको भन्दै यसलाई उत्पादनसँग समेत जोड्न निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे ।  

छलफलमा परिसंघका पदाधिकारी सदस्य सन्दिप शारडा, महानिर्देशक डा. घनश्याम ओझालगायत सहभागी थिए ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.