Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

राष्ट्रबैंकले प्रकाशन गर्न थाल्यो ‘नेट एनपीएल’: एसबीआई, एभरेष्ट, एनआईसी र कुमारी बैंक कम जोखिममा

Hyundai Nepal
राष्ट्रबैंकले प्रकाशन गर्न थाल्यो ‘नेट एनपीएल’: एसबीआई, एभरेष्ट, एनआईसी र कुमारी बैंक कम जोखिममा
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले अन्तराष्ट्रिय अभ्यासमा झै बैंकहरुको ‘नेट एनपीएल’ प्रकाशन गर्न थालेको छ ।  

चालु आर्थिक वर्षको पुससम्मको बैंकहरुको प्रमुख वित्तीय सूचक सार्वजनिक गर्दै नेट एनपीएलको अभ्यास नेपालमा सुरु गर्न लागेको केन्द्रीय बैंकले देखाएको हो । केन्द्रीय बैंक आफैंले नेट एनपीएल सम्बन्धी डेटा सार्वजनिक गर्न थालेपछि आगामी दिनमा बैंकहरुले प्रकाशन गर्ने त्रैमासिक वित्तीय विवरणमा समेत यो विषय उल्लेख गर्नुपर्ने व्यवस्था हुनसक्ने देखिएको छ ।  

यसअघिसम्म राष्ट्रबैंक र बैंकहरुले एनपीएल मात्र सार्वजनिक गर्दै आएका थिए । एनपीएल ह्वात्तै बढेको भनेर सर्वत्र चिन्ता भइरहेको बेला र यही सूचकले बैंकहरुको विषयमा जनमानसमा खराब भाष्य निर्माण भइरहेको बेला राष्ट्रबैंकले नेट एनपीएलको अभ्यास सुरु गरेको हो ।  

Shivam Cement
Sagarmatha Cement

नेट एनपीएललाई खुद कर्जाको लागि प्रदान नगरिएको निष्क्रिय कर्जाको अनुपातको रुपमा लिइन्छ । उदाहरणका लागि कुनै बैंकको लोन बिग्रियो भने त्यसको सत्प्रतिशत प्रभिजन गर्नुपर्छ । सतप्रतिशत प्रभिजन गरेपछि भविष्यमा त्यो लोनको कुनै रिस्क हुँदैन । यदि त्यसरी खराब वर्गमा परेको लोन रिकभरि भयो भने त्यसले सोझै बैंकको आम्दानी र नाफा बढाउँछ ।  

नेट एनपीएलले कुनै पनि बैंकको जति लोन बिग्रियो, त्यसको प्रभिजनको अवस्था देखाउँछ । उदाहरणका लागि कसैको १०० रुपैयाँको लोन बिग्रिएको छ, तर उसले २५ प्रतिशत मात्र प्रभिजन गरेको छ भने त्यस्तो संस्थालाई बाँकी ७५ रुपैयाँको रिस्क जुनसुकै बेला आउनसक्छ । यस्तो अवस्थामा सो बैंकको नेट एनपीएल बढी देखाउँछ । तर, जुन बैंकले १०० रुपैयाँ लोन बिग्रिँदा १०० रुपैयाँ नै प्रभिजन गरेको छ भने त्यस्तो संस्थालाई सो लोनबाट भविष्यमा थप कुनै रिस्क आउनेछैन । बरु त्यसरी डूबेको लोन उठेमा आम्दानी मात्र हुने र त्यसले बैंकको नाफा बढ्ने देखाउँछ । डूबेको लोनको बढीभन्दा बढी रकम प्रभिजन गरेका बैंकहरुको नेट एनपीएल कम हुन्छ ।  

अन्तराष्ट्रिय स्तरमा अभ्यास भएको नेट एनपीएलको आधारमा हेर्दा नेपालका वाणिज्य बैंकहरुको विषयमा रोचक तथ्यहरु देखिएका छन् ।

एनपीएल ५ प्रतिशतको नजिक पुगेका बैंकहरुको पनि नेट एनपीएल भने निकै सुविधाजनक अवस्थामा देखिएको छ ।  

उदाहरणका लागि कुमारी र हिमालयन बैंकलाई लिन सकिन्छ । राष्टबैंकका अनुसार कुमारी र हिमालयनको एनपीएल क्रमशः ४.९७ र ४.९५ प्रतिशत रहेको छ । तर, कुमारीको नेट एनपीएल भने ०.६७ प्रतिशत मात्र छ । यस्तै, हिमालयन नेट एनपीएल पनि ०.९७ प्रतिशत मात्र छ । यसरी हेर्दा खराब कर्जा बढी भए पनि कुमारी र हिमालयनले त्यसको प्रभिजन गरिसकेका र तिनै कर्जाहरुबाट भविष्यमा उनीहरुलाई कुनै जोखिम नरहेको देखिएको छ । यदि अहिले खराबमा परेका कर्जा उठेमा त्यसले भविष्यमा उनीहरुको आम्दानी र नाफा बढाउने समेत देखिन्छ ।

पुससम्मको २० वाणिज्य बैंकहरुको औसत एनपीएल ३.६३ प्रतिशत रहेकोमा नेट एनपीएल भने १.१३ प्रतिशत मात्र छ ।  

कुन बैंकको नेट एनपीएल कस्तो छ त ? बाँकी यो टेबलमा हेरौं:

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.