मंगलवार, आश्विन २८,२०८२ 03:56:19
IME remit
  • मंगलवार, आश्विन २८,२०८२ 03:56:19
IME remit
Global IME Bank Limited

महालक्ष्मी विकास बैंक र एचडीएफसी बैंकबीच बैंकिङ सेवा विस्तारका लागि समझदारी

Hyundai Nepal
महालक्ष्मी विकास बैंक र एचडीएफसी बैंकबीच बैंकिङ सेवा विस्तारका लागि समझदारी
Shivam Cement

काठमाण्डौ । महालक्ष्मी विकास बैंक र भारतको अग्रणी वित्तीय संस्था एचडीएफसी बैंकबीच सीमा–पार वित्तीय सेवाहरुलाई प्रवद्र्धन गर्न तथा भारतबाट नेपालमा भुक्तानी सम्बन्धी कार्य गर्न समझदारी भएको छ । समझदारी अन्तर्गत महालक्ष्मी विकास बैंकले ग्राहकहरुले भारतबाट नेपालमा भुक्तानी गर्ने मिल्ने प्रणालीे सञ्चालनमा ल्याएको हो ।  

यसरी भारतबाट नेपालमा भुक्तानी प्रणाली सञ्चालन गर्ने महालक्ष्मी विकास बैंक पहिलो विकास बैंक बनेको छ । दुवै बैंकले सम्पुर्ण प्रक्रियागत कार्य गरी परिक्षण कारोबार समेत गरिसकेका छन् ।  

Shivam Cement
Bizshala
CG Motors

यस अन्तर्गत महालक्ष्मी विकास बैंकको एचडीएफसी बैंकले प्रयोग गर्दै आइरहेको अत्याधुनिक क्यास म्यानेजमेन्ट सेवाअन्तर्गत सिएमएस चेक कलेक्सन र इलेक्ट्रोनिक क्यास म्यानेजमेन्ट सर्भिस ई–सीएमएस सेवामा पहुँच प्राप्त हुनेछ । जसले गर्दा कुनै पनि व्यक्ति वा संस्थाले भारतबाट विभिन्न इलेक्ट्रोनिक माध्यमहरु जस्तै नेशनल इलेक्ट्रोनिक फण्ड ट्रान्सफर (नेफ्ट)  रियल टाईम ग्रस सेटलमेन्ट (आरटीजीएस) र फण्ड ट्रान्सफर (एफटी) को प्रयोग गरी भारतको एचडीएफ बैंक मार्फत नेपालमा रहेको महालक्ष्मी विकास बैंकको खातामा सिधै रकम जम्मा गर्न सक्नेछन् ।  

साथै, भारतमा रहेका अन्य बैंकहरुको चेक जम्मा गरेर समेत नेपाल पैसा पठाउन सकिनेछ । एचडीएफसी बैंकसँगको सम्झौता सँगै नेपाल र भारतबीचको बैंकिङ सम्बन्धलाई थप मजबुत बनाउन तथा सीमा–पार व्यापार र रेमिट्यान्स मा संलग्न ग्राहकहरुलाई सहज, प्रभावकारी र प्रविधिमैत्री वित्तीय सेवा प्रदान गर्न सहज हुने विश्वास बैंकले लिएको छ । साथै यो प्रणालीको प्रयोगसँगै बैंकले ग्राहकहरुलाई गरेको डिजिटल नवप्रवर्तन र सेवा विस्तारको प्रतिबद्धतामा समेत सहयोग पुग्ने बैंकले जनाएको छ ।  

Muktinath Bikas Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.