सोमबार, श्रावण ११,२०८३ 03:54:23
Bizshala
  • सोमबार, श्रावण ११,२०८३ 03:54:23
Bizshala
Global IME Bank Limited

नेपालमा Maxus MIFA 7 विद्युतीय लक्जरी MPV बिक्री सुरु, अटो शोमा आकर्षक अफरसहित सार्वजनिक

नेपालमा Maxus MIFA 7 विद्युतीय लक्जरी MPV बिक्री सुरु, अटो शोमा आकर्षक अफरसहित सार्वजनिक
New Office

काठमाण्डौ । नेपालका लागि अधिकृत वितरक हिमालयन मोट्रक्सले चीनको प्रख्यात SAIC मोटर ग्रुप अन्तर्गतको Maxus MIFA 7 विद्युतीय लक्जरी MPV लाई आजदेखि बिक्रीमा ल्याएको छ। काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाइमा मोबिलिटी शो २०२५ मा यो गाडीलाई विशेष अफरसहित सार्वजनिक गरिएको हो।

सात सिट क्षमताको यो प्रिमियम गाडी नेपालमा लक्जरी विद्युतीय सवारी खोज्नेहरूका लागि उपयुक्त विकल्प हुने दाबी कम्पनीले गरेको छ। हिमालयन मोट्रक्स, जसले विगत ३० वर्षदेखि नेपालमा विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका सवारीसाधन आयात र वितरण गर्दै आएको छ, ले यसअघि पनि Maxus eTerron9 पिकअप गाडी मनाङ जिल्लामा सार्वजनिक गरिसकेको थियो।

विशेष अफर र मूल्य

नाइमा अटो एक्सपोको अवसरमा MIFA 7 बुक गर्ने ग्राहकलाई रु. १० लाख र eTerron9 पिकअप बुक गर्ने ग्राहकलाई रु. ५ लाख नगद छुटको विशेष अफर रहेको हिमालय अर्गनाइजेसनका प्रबन्ध निर्देशक सौरभ थापाले जानकारी दिनुभयो।

-Maxus MIFA 7 को मूल्य : रु. १ करोड २५ लाख

-eTerron9 इलेक्ट्रिक डबल क्याब पिकअप : रु. १ करोड ९ लाख ९९ हजार

उन्नत फिचर र प्रविधि

MIFA 7 मा ९० किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ जसले ६३५ किमी (WLTP) दूरी पार गर्न सक्छ। यसमा DC फास्ट चार्जर सपोर्ट रहेको छ जसबाट ३० मिनेटमै ३०% देखि ८०% सम्म चार्ज गर्न सकिन्छ।

यो गाडीले युरोप, चीन र अस्ट्रेलियाका Euro NCAP, C-NCAP, A-NCAP मा ५ स्टार सुरक्षा रेटिङ पाएको छ। अन्य आकर्षक फिचरहरूमा:

-इलेक्ट्रिक स्लाइडिङ ढोका

-AEB (स्वचालित आपतकालीन ब्रेकिङ)

-ब्लाइन्ड स्पट मोनिटरिङ

-३६० डिग्री क्यामेरा

-लेन कीप असिस्ट

-अडप्टिभ क्रुज कन्ट्रोल

-ड्युल १२.३ इन्च डिजिटल डिस्प्ले

-मसाज सिट

-हाई परफर्मेन्स १८० KW मोटर (३५० Nm टर्क)

-प्यानोरामिक सनरूफ

-एड्भान्स मल्टिमिडिया सिस्टम

-गारन्टी र विश्वसनीयता

MIFA 7 मा ८ वर्ष वा २ लाख किमी ब्याट्री वारेन्टी र ५ वर्ष वा १ लाख किमी मोटर वारेन्टी रहेको छ। कम्पनीका अनुसार यो गाडी सिर्फ एक सवारी होइन, प्रिमियम लाइफस्टाइल स्टेटमेन्ट समेत हो, जसले लक्जरी, प्रविधि र आरामको नयाँ मानक स्थापित गर्नेछ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.