Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

प्रधानमन्त्रीको निर्देशनमा थुनामुक्त भए १० बैंकर

Global IME Bank Limited
प्रधानमन्त्रीको निर्देशनमा थुनामुक्त भए १० बैंकर
Nabil Bank Limited

काठमाण्डौं । कम मूल्यको धितोमा धेरै लोन दिएको आरोपमा पक्राउ परेका १० बैंकर थुनामुक्त भएका छन् ।  

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले बिहीबार फागुन १५ गते पक्राउ परेका बैंकरलाई हाजिरी जमानीमा थुनामुक्त गरेको हो । 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

देउराली सहकारीका अध्यक्ष देवेन्द्र चौलागाई र उनकी पत्नीको कम्पनीलाई कम धितोमै पनि अत्यधिक लोन प्रवाह गरेको आरोपमा सीइआईबीको टोलीले फागुन १५ गते राजधानीका विभिन्न स्थानबाट तत्कालीन सेञ्चुरी बैंकका सीइओद्वय तुल्सीराम गौतम र मनोज न्यौपानेसहितको १० बैंकरलाई पक्राउ गरेको थियो ।  

पक्राउ परेपछि उनीहरुलाई ७, ७ र ५ दिन गरी तीनपटक थुनामा राखी अनुसन्धान गर्ने अदालतबाट अनुमति लिएर सीआईबीले अनुसन्धानलाई जारी राखेको थियो ।  

एमालेसहितको नयाँ गठबन्धन र नयाँ सरकार बनेपछि निजी क्षेत्र र बैंकरहरुको आत्माविश्वास जगाउने उद्देश्यले अर्थमन्त्रीको जोडबल र प्रधानमन्त्रीको निर्देशनमा सबै बैंकरलाई थुनामुक्त गरिएको स्रोतले जनाएको छ ।  

थुनामुक्त भए पनि सबै बैंकरले बाहिरै बसेर सीआईबीको अनुसन्धानलाई सहयोग गर्नुपर्नेछ ।  

सीआइबीको प्रवक्ता होबिन्द्र बोगटीले १० बैंकरलाई परिवारजन र बैंकको जमानीमा थुनामुक्त गरिएको र अनुसन्धान अझै लम्बिने देखिएकोले उनीहरुले बाहिरै बसेर अनुसन्धानलाई सहयोग गर्नुपर्ने बताएका छन् ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.