IME remit
  • बिहीबार, श्रावण २९,२०८२ 12:12:28
IME remit
Global IME Bank Limited

मोदी इनर्जीको विद्युत बिक्री आम्दानी २६% ले वृद्धि, घाटा ३० करोडबाट ९ करोडमा खुम्चियो

Hyundai Nepal
मोदी इनर्जीको विद्युत बिक्री आम्दानी २६% ले वृद्धि, घाटा ३० करोडबाट ९ करोडमा खुम्चियो
Shivam Cement

काठमाण्डौ । मोदी इनर्जी लिमिटेडले गत आवको चौथो त्रैमाससम्म विद्युत बिक्रीमार्फत ५२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २६.१२ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले विद्युत बिक्रीमार्फत ४१ करोड ६० लाख रुपैयाँ आर्जन गरेको थियो ।  

अघिल्लो आवमा ३० करोड ९८ लाख रुपैयाँ घाटामा रहेको कम्पनीको घाटा समीक्षा अवधिसम्म आईपुग्दा ९ करोड ४७ लाखमा सीमित बनेको छ । यो अवधिसम्म कम्पनी प्रशासनिक बिक्री तथा वितरण खर्च घटाउन सफल भएको छ । कम्पनीको यस्तो खर्च ३६ लाख ७४ हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो आवमा ४९ लाख ३४ हजार रुपैयाँ थियो ।    

Shivam Cement
Muktinath Bikas Bank Limited

कम्पनीको वित्त खर्च पनि २८.७८ प्रतिशतले घट्दै २८ करोड ८२ लाख रुपैयाँमा सीमित भएको छ । कम्पनीको सञ्चालन मुनाफामा २७.२१ प्रतिशतको वृद्धि आएको छ । कम्पनीको सञ्चालन मुनाफा ४६ करोड २ लाख रुपैयाँ रहेको छ । कम्पनीको रिर्जभ १ अर्ब १२ करोड पैयाँ ऋणात्मक अवस्थामा छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिक इपीएस)३.२७ रुपैयाँले ऋणात्मक,प्रतिसेयर नेटवर्थ ६१.१० रुपैयाँ, तरलता अनुपात ०.३७ प्रतिशत र मूल्य आम्दानी अनुपात ९६.१८ गुणा ऋणात्मक अवस्थामा रहेको छ । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.