काठमाण्डौ । सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले गत आवको अन्त्यसम्म ३५ करोड ३ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । कम्पनीको यो नाफा अघिल्लो आवको तुलनामा १०.१३ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले ३१ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको कुल आम्दानी घटेसँगै यता कुल खर्च घट्न पुग्दा नाफामा सुधार देखिएको हो ।
कम्पनीको गत आवमा कुल आम्दानी २.७१ प्रतिशतले बढेर १ अर्ब ४७ करोड ६८ लाख रुपैयाँ पुगेको छ । साथै कम्पनीको कुल खर्च २.०५ प्रतिशतले घटेर ९७ करोड ६३ लाख रुपैयाँमा कायम भएको छ । अघिल्लो आवमा कम्पनीको कुल खर्च ९९ करोड ६७ लाख रुपैयाँ थियो । कम्पनीको नाफासँगै व्यवसायमा पनि सामान्य सुधार देखिएको छ ।
अघिल्लो आवमा २ अर्ब ५१ करोड २२ लाख रुपैयाँ प्रिमिमय संकलन गरेको यो कम्पनीले गत आवमा १.३३ प्रतिशत व्यवसाय बढाएर २ अर्ब ५४ करोड ५६ लाख रुपैयाँ प्रिमियम संकलन गर्न सफल भएको छ । कम्पनीले सो अवधिसम्म १ अर्ब १५ करोड ५३ लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी दिएको छ । यो दाबी भुक्तानी रकम अघिल्लो आवको तुलनामा २७.५३ प्रतिशत बढी हो ।
कम्पनीको चुक्तापूँजी ७.५० प्रतिशतले बढेर २ अर्ब १५ करोड रुपैयाँ, महाविपत्ती कोषको आकार २३.२४ प्रतिशत बढेर ४ करोड ६४ लाख, रिटेन्ड अर्निङ ०.९३ प्रतिशत बढेर १८ करोड ३२ लाख र बीमा कोषको आकार २२.२९ प्रतिशत बढेर ४ अर्ब ४ करोड ४६ लाख रुपैयाँ संचित गर्न सफल भएको छ । सो अवधिसम्म कम्पनीको बीमालेख संख्या १ लाख ४८ हजार १७ रहेकोमा कम्पनीको इपीएस ०.३९ रुपैयाँ बढेर १६.३० रुपैयाँ पुगेको छ भने नेटवर्थ १५२.१२ रुपैयाँ र पीई रेसियो ३७.४३ गुणा रहेको छ ।