काठमाण्डौ । माबिलुङ इनर्जी लिमिटेडको आइपीओमा अन्तिम दिनसम्म २१.३५ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ख लिमिटेडका अनुसार आज अन्तिम दिनसम्म कम्पनीको आइपीओमा २३ लाख २५ हजार २५६ जनाले आवेदन दिएका छन् ।
आइपीओमा २ अर्ब ६६ करोड ६७ लाख १७ हजार रुपैयाँ बराबरको २ करोड ६६ लाख ६७ हजार १७० कित्ताका लागि आवेदन परेको छ । यो मागभन्दा २१ गुणा बढी आवेदन हो ।
मागभन्दा बढी आवेदन परेकाले आइपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ । कम्पनीको आइपीओ १० कित्ताका दरले १ लाख २४ हजार ८९० जनाले प्राप्त गर्नेछन् । यसर्थ २२ लाख भन्दा बढीको हात खाली हुने निश्चित छ ।
कम्पनीको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।