काठमाण्डौ । पालमा एथर एनर्जीको आधिकारिक वितरक वैद्य इनर्जी प्रा. लि.ले बहुप्रतिक्षित ‘एथर रिज्टा Z लाइभ गिभअवे’को विजेता सार्वजनिक गरेको छ। भाग्यशाली विजेता शालिक जी बनेका छन्। विजेतालाई सोमबार, १८ अगस्ट २०२५ मा इलेक्ट्रिक स्कूटर आधिकारिक रूपमा हस्तान्तरण गरिने कम्पनीले जनाएको छ।
यो गिभअवे अभियान ६ देखि ११ अगस्टसम्म नेपाल अटोमोबाइल्स एसोसिएसन (NAIMA) मा सञ्चालन गरिएको थियो।
एथर रिज्टा Z का विशेषता
भारतमा सन् २०२४ मा सार्वजनिक गरिएको एथर रिज्टा Z परिवार-केन्द्रित इलेक्ट्रिक स्कूटर हो। यसमा दुई ब्याट्री विकल्प (२.९ kWh र ३.७ kWh) उपलब्ध छन्, जसले अधिकतम १६० किमि IDC प्रमाणित दूरी तय गर्न सक्छ। यसको शीर्ष गति ८० किमि/घण्टा छ।
मुख्य विशेषताः
-५६ लिटरको विशाल स्टोरेज (३४ लिटर सीटमुनि + २२ लिटर फ्रन्ट ट्रंक)
-फराकिलो सीट, पिलियन ब्याकरेस्ट, ठूलो फ्लोरबोर्ड
-अटो होल्ड, रिभर्स मोड, स्किड कन्ट्रोल, इमर्जेन्सी स्टप सिग्नल
-७ इन्च TFT डिस्प्ले, नेभिगेशन, AtherStack 6 मार्फत स्मार्ट कनक्टिभिटी
-सात आकर्षक रंगमा उपलब्ध, डुअल-टोन सीट र ब्याकरेस्ट विकल्पसहित
भारतमा सुरु भएको एक वर्षमै यो मोडेल १ लाखभन्दा बढी बिक्री भइसकेको छ र एथरको सबैभन्दा लोकप्रिय मोडेल बनेको छ।
वैद्य इनर्जीको पूर्वाधार
नेपालमा एथरको सेवा विस्तारका लागि वैद्य इनर्जीले हालसम्म:
-८ एक्सपिरियन्स सेन्टर
-१ विशेष टेस्ट राइड जोन
-७+ सर्भिस सेन्टर
-२३ भन्दा बढी एथर ग्रिड फास्ट चार्जिङ स्टेशन स्थापना गरेको छ।
यी पूर्वाधारहरूले ग्राहकलाई सहज र आधुनिक अनुभव उपलब्ध गराउने कम्पनीको उद्देश्य स्पष्ट गर्छ।