काठमाण्डौ । लगानीकर्ताले सेयरबजारमा रहेको अन्तिम १५ मिनेटको भारित औषत मूल्य हटाउन नेप्सेसमक्ष माग राखेका छन् । पूँजीबजारका सक्रिय लगानीकर्ता आदित्य पौड्यालले अन्तिम १५ मिनेटको व्यवस्था हटाउन आग्रह गर्दै साउन ३० गते नेप्सेमा निवेदन दिएका हुन् ।
नेप्सेले लागू गरेको अन्तिम १५ मिनेटको व्यवस्था अवैज्ञानिक भएको र यसले पूँजीबवजारको विकास र स्थायित्वलाई नै प्रभाव पारेको बताउँदै उक्त व्यवस्था हटाउन माग राखेका छन् ।
‘नेप्सेको निर्णयले सम्पूर्ण ६९ लाख लगनीकताको कालो दिन सुरु गरिदियो, सारा संसारमा कहिकतै नभएको नियम हामीमाथी प्रहार गरियो । यस्तो अवैज्ञानीक नियम जसको असर साना पूँजी भएका कम्पनीमा सबैभन्दा पहिले देखियो र हाल लिस्टेड सबै कम्पनीमा देखिदै आएको छ,’ निवेदनपत्रमा उनले लेखेका छन्, ‘ भाउ त बजारले देखाउने हो नियमले हैन भन्ने कुरा यहाँलाई थाहा नै छ । के दिन भरि ३ घण्टा ४५ मिनेटको कारोबार फर्जी हो ? जुन १५ मिनेट औसत गरियो त्यै १५ मिनेट एभरेज भइहाल्छ ,औषत १५ मिनेटमा कसैले ठूलो पैसाको काम तल र माथि भए भाउ बिग्रन्छ ।’
उनले ठूला कम्पनीहरुको सेयरमूल्य तलमाथि गरिदा सम्पूर्ण इन्डेक्सको मनोविज्ञान र लगानीकर्ताको मनोबलमा ठूलो असर परेको बताएका छन् । यस्तै उनले यो व्यवस्थाका कारण प्राविधिक चार्ट समेत बिग्रने गरेकाले अध्ययन अनुसन्धानमा समेत प्रभाव परिरहेको गुनासो गरेका छन् ।
यसका साथै अन्य सानापूँजी भएका कम्पनीको ठूलो कित्ता सेयर तलमाथि म्याच गर्दा बजार ध्वस्त भएको समेत दाबी गरेका छन् । निवेदनमा यस व्यवस्थाले ‘मास सेन्टिमेन्ट’मा समेत असर पारेको उल्लेख गरिएको छ ।