काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडको नाफामा ९८.२९ प्रतिशतको गिरावट आएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म १० लाख ७९ हजार खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने संस्थाले ६ करोड ३३ लाख रुपैयाँबराबरको कुद नाफा कमाएको थियो ।
कम्पनीको आम्दानी भने बढेको छ । चौथो त्रैमाससम्म कम्पनीले २१ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २९.२६ प्रतिशतले बढी हो । कम्पनीले यो अवधिमा २ करोड ८० लाख रुपैयाँ अन्य आम्दानी गरेको छ ।
कम्पनीको प्रशासनिक खर्च १ करोड ५४ लाखबाट बढेर १ करोड ७७ लाख र वित्त खर्च १ करोड ५५ लाखबाट बढेर १ करोड ६७ लाख पुगेको छ ।
अघिल्लो आवमा २५ लाख ८४ हजार रहेको रिजर्भको आकार बढेर ३६ लाख ६४ हजार पुगेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ०.१५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १००.५२ रुपैयाँ र तरलता अनुपात ०.४६ रुपैयाँ कायम भएको छ ।