Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

एशियन लाइफ इन्स्योरेन्सद्वारा रु.१० लाख मृत्यु दाबी भुक्तानी

Global IME Bank Limited
एशियन लाइफ इन्स्योरेन्सद्वारा रु.१० लाख मृत्यु दाबी भुक्तानी
Nabil Bank Limited

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको बर्दघाट शाखाले बीमित अमर बहादुर भुषालको घरमा गई उनको हकवाला परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।  

बीमित भुषालले २०७९ साल असोज ३१ गते एशियन लाइफ इन्स्योरेन्सबाट १० लाख रुपैयाँ बीमांकको एशियन सावधिक योजना खरिद गरेका थिए । गत भदौ २९ गते उनको असामायिक निधन भएपछि कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको हो ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बर्दघाट शाखाका एजेन्सी म्यानेजर सीता भण्डारीले बीमितकै घरमा गई बीमा वापतको १० लाख ५१ हजार रुपैयाँ बराबरको चेक उनको परिवारलाई हस्तान्तरण गरेकी हुन् । ‘सबैका लागि सधैंका लागि’ भन्ने नारा र ‘आफु रहँदा सम्म आफ्नो लागि र आफुँ नरहँदा परिवारको लागि’ भन्ने विश्वासका साथ एजेन्सी म्यानेजर भण्डारीले गत वर्ष स्व।भुषालको घरमा नै गई बीमा गराईदिएकी थिइन् ।  

‘आर्थिक अवस्था कमजोर भएकाले उहाँसँग त्यो बेला जम्मा ५ सय रुपैयाँ मात्रै थियो, म अभिकर्ता भई काम गरेको अनुभवले बीमितलाई गाह्रो नहोेस् भन्ने हेतुले दैनिक ३–४ सय जम्मा गरेर प्रिमियम तिर्न मिल्ने सुविधा बनाईदिएकी थिए’ उनले भनिन्, ‘उहाँबाट दैनिक केही पैसा जम्मा गराई बीमाशुल्क तिर्दै गर्दा गत भदौमा उहाँको निधन भयो, अहिले उहाँको शरिर नभएपनि परिवारको लागि सहयोग मिलेको छ ।’  

आर्थिक अवस्था कमजोर भएकाहरुले झनै जीवन बीमा अनिवार्य गर्नुपर्ने भण्डारी सुझाव दिन्छिन् । ‘मान्छेको मृत्यु निश्चित छैन, आर्थिक अवस्था बलियो नभएकाहरुलाई जीवन बीमा झनै आवश्यक छ, भविष्यमा हुन सक्ने आर्थिक जोखिम बहनका लागि पनि बीमा गर्नैपर्छ’ उनी भन्छिन्, ‘थोरै–थोरै रकम जम्मा गरेर भएपनि बीमा गर्दा भविष्यमा हुन सक्ने जोखिम बीमाले कभर गर्छ ।’


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.