बुधबार, बैशाख २,२०८३ 04:55:59
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 04:55:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एशियन लाइफ इन्स्योरेन्सद्वारा रु.१० लाख मृत्यु दाबी भुक्तानी

Bizshala
एशियन लाइफ इन्स्योरेन्सद्वारा रु.१० लाख मृत्यु दाबी भुक्तानी
Shivam Cement

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको बर्दघाट शाखाले बीमित अमर बहादुर भुषालको घरमा गई उनको हकवाला परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।  

बीमित भुषालले २०७९ साल असोज ३१ गते एशियन लाइफ इन्स्योरेन्सबाट १० लाख रुपैयाँ बीमांकको एशियन सावधिक योजना खरिद गरेका थिए । गत भदौ २९ गते उनको असामायिक निधन भएपछि कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको हो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

बर्दघाट शाखाका एजेन्सी म्यानेजर सीता भण्डारीले बीमितकै घरमा गई बीमा वापतको १० लाख ५१ हजार रुपैयाँ बराबरको चेक उनको परिवारलाई हस्तान्तरण गरेकी हुन् । ‘सबैका लागि सधैंका लागि’ भन्ने नारा र ‘आफु रहँदा सम्म आफ्नो लागि र आफुँ नरहँदा परिवारको लागि’ भन्ने विश्वासका साथ एजेन्सी म्यानेजर भण्डारीले गत वर्ष स्व।भुषालको घरमा नै गई बीमा गराईदिएकी थिइन् ।  

‘आर्थिक अवस्था कमजोर भएकाले उहाँसँग त्यो बेला जम्मा ५ सय रुपैयाँ मात्रै थियो, म अभिकर्ता भई काम गरेको अनुभवले बीमितलाई गाह्रो नहोेस् भन्ने हेतुले दैनिक ३–४ सय जम्मा गरेर प्रिमियम तिर्न मिल्ने सुविधा बनाईदिएकी थिए’ उनले भनिन्, ‘उहाँबाट दैनिक केही पैसा जम्मा गराई बीमाशुल्क तिर्दै गर्दा गत भदौमा उहाँको निधन भयो, अहिले उहाँको शरिर नभएपनि परिवारको लागि सहयोग मिलेको छ ।’  

आर्थिक अवस्था कमजोर भएकाहरुले झनै जीवन बीमा अनिवार्य गर्नुपर्ने भण्डारी सुझाव दिन्छिन् । ‘मान्छेको मृत्यु निश्चित छैन, आर्थिक अवस्था बलियो नभएकाहरुलाई जीवन बीमा झनै आवश्यक छ, भविष्यमा हुन सक्ने आर्थिक जोखिम बहनका लागि पनि बीमा गर्नैपर्छ’ उनी भन्छिन्, ‘थोरै–थोरै रकम जम्मा गरेर भएपनि बीमा गर्दा भविष्यमा हुन सक्ने जोखिम बीमाले कभर गर्छ ।’

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.