काठमाण्डौ । एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालित २ वटा योजनाको लाभांश घोषणा गरिएको छ । कोष व्यवस्थापक एनएमबि क्यापिटलको सञ्चालक समितिको बैठकले एनएमबि फिफ्टी र एनएमबि सुलभ इन्ेभष्टमेन्ट फण्ड–२ का इकाईधनीहरुका लागि लाभांश घोषणा गरेको हो ।
जसअन्तर्गत एनएमबि फिफ्टीका इकाईधनीहरुले आर्थिक वर्ष २०८१/८२ का लागि १५ प्रतिशत र एनएमबि सुलभ इन्ेभष्टमेन्ट फण्ड–२ का इकाईधनीहरुले पनि १५ प्रतिशत लाभांश पाउने भएक छन् ।
क्यापिटलले लाभांश वितरण प्रयोजनका लागि भदौ १३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ भदौ १२ गतेसम्म नेप्सेको प्रणालीमा कारोबार भई कायम हुने इकाईधनीहरु मात्रै यी योजनाको लाभांशका लागि योग्य हुनेछन् ।