काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको हो ।
उक्त बैठकले उक्त आवको वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चु्क्तापूँजीको १२.६३२ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ । यसका साथै बैठकले लाभांशसहित प्रस्ताव आगामी साधारण सभासमक्ष पेश गर्ने निर्णय समेत गरेको छ ।
कुल लाभांशमा १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनाका लागि ०.६३२ प्रतिशत नगद लाभांश रहेका छन् ।
कम्पनीको हाल चुक्तापूँजी १ अर्ब ४१ करोड ५७ लाख रुपैयाँ रहेको छ ।