काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको पद छोड्न तयार रहेको बताएका छन् । आजदेखि काठमाण्र्डाको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो को समुद्घाटन कार्यक्रममा बोल्दै प्रम ओलीले आफू जस्तै क्यापेबल भएका युवाहरु आए पद छोड्न तयार रहेको बताएका हुन् ।
साथै उक्त कार्यक्रममा बोल्दै प्रम ओलीले नेपाल नयाँ भबिस्यको यात्रातर्फ लम्किएको बताए । शो मा राखिएका रोबर्टका उपरकण हेर्दै प्रम ओलीले नयाँ प्रविधिसङगै नेपाल नयाँ युगमा हिडेको बताए ।
‘त्यस्ता खालका मौद्रिक नीतिहरु अख्तियार गरेका छौ,जसबाट हाम्रो मोडर्नाइजेसनको यात्रा तय हुन्छ’ उनले भने, ‘निजी क्षेत्रलाई सरकारको पूर्ण समर्थन छ, इन्फ्रास्ट्रक्चर बिना विकास सम्भव छैन र नाडाले सरकारलाई यो बिषयमा सपोर्ट गरेको छ ।’
उस्तै अटो मोबाइल्सको लागि नेपालको सडक सोहीअनुसारको बनाउने अवस्थामा रहेको प्रम ओलीले बताए । ‘अहिले नेपालको अटोमोबाइल्स क्षेत्र इभीमय बनेको छ र सरकारले यो कुरालाई समर्थन गर्दै उर्जा क्षेत्रलाई पनि प्राथमिकतामा राखेको छ’ उनले भने, ‘अटो क्षेत्रलाई उजागर गर्न लागि पर्नुहोस सरकार सदैव तपाईहरुको साथमा छ ।’