काठमाण्डौ । नेपाल स्टक एक्सचेञज(नेप्से)मा विकाश हाईड्रोपावर कम्पनीको आईपीओ सूचीकृत भएको छ । आज नेप्से र विकास हाईड्रोबीच प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएको ९० लाख ९१ हजार १३ कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो ।
कम्पनीले सर्वसाधारणसमक्ष प्रभु क्यापिटल (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक( मार्फत गत असार १८ गतेदेखि २२ गतेसम्म आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको थियो ।
यसरी सर्वसाधारण लगानीकर्ता सेयरधनीहरु (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरु समेत) मा वितरण गरिएको ४४ लाख ५४ हजार कित्ता ५९६ कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी गरेको ४६ लाख ३६ हजार कित्ता ४१७ कित्ता गरी जम्मा ९० लाख ९१ हजार १३ कित्ता साधारण सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम भदौ १ गतेको निर्णयानुसार नेप्सेमा सूचीकरण गरिएको हो ।
नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको आईपीओ बुधबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।
नेप्सेले कम्पनीको सेयर दोस्रो बजार कारोबारका लागि कम्पनीलाई ‘बीएचसीएल’संकेत प्रदान गरेको छ । नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता ९७.४३ रुपैयाँ र २९२.२९ रुपैयाँ ओपनिङ रेञ्ज दिएको छ ।