काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा ५ अर्ब ६३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक सेयर कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ४ वटाबाट मात्रै उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, सनि सेक्युरिटिज, अनलाइन सेक्युरिटिज र श्रीहरि सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा इम्पेरियल सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, भिजन सेक्युरिटिज, सुमेरु सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज र डायनामिक मनि म्यानेजर्स रहेका छन् ।
आज सर्वाधिक सेयर कारोबार गर्ने ब्रोकर कम्पनीमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट मात्रै आज ६९ करोड ८० लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५०.७३ प्रतिशत सेयर खरिद भएको छ भने ४९.२७ प्रतिशत सेयर बिक्री भएको छ ।
