बुधबार, भाद्र ४,२०८२ 11:40:01
  • बुधबार, भाद्र ४,२०८२ 11:40:01
Global IME Bank Limited

विभिन्न ४ वटा कम्पनीको साढे २ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा

Hyundai Nepal
विभिन्न ४ वटा कम्पनीको साढे २ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा
Shivam Cement

काठमाण्डौ । विभिन्न ४ वटा कम्पनीको साढे २ लाख कित्ता बढी संस्थापक सेयर आजदेखि बिक्रीमा राखिएको छ । जसअन्तर्गत मेरोमाइक्रोफाइनान्स लघुवित्तको १ लाख ७२ हजार ३७२ कित्ता, स्वावलम्बन लघुवित्तको ८४ हजार ६५ कित्ता, कालिका लघुवित्तको ७ हजार ९३८ कित्ता र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ हजार ३१५ कित्ता गरी कुल २ लाख ६५ हजार ७२० कित्ता सेयर लिलामीमार्फत बिक्रीमा राखिएको हो ।  

मेरोमाइक्रोफाइनान्सको न्यूनतम मूल्य प्रतिकित्ता ३०० रुपैयाँ, स्वावलम्बन लघुवित्तको ३७५ रुपैयाँ, कालिका लघुवित्तको ३३० र नेपाल इनभेष्टमेन्ट मेगा बैंकको १०० रुपैयाँ निर्धारण गरिएको छ । यीे सेयर खरिदका लागि जो सुकै कम्पनी, व्यक्ति तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

लगानीकर्ताले बोलपत्र आवेदन पेश गर्दा मेरो माइक्रोफाइनान्स र स्वावलम्बन लघुवित्तको न्यूनतम  ५ हजार कित्ता, कालिका लघुवित्तको १ हजार र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ हजार ३१५ कित्ता सेयर खरिदका लागि आवेदन दिनु पर्नेछ । अधिकतममा भने सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।  

लगानाीकर्ताले मुक्तिनाथ क्यापिटलमा आवेदन पेश गर्नुपर्नेछ र आवेदन पेश गर्ने अन्तिम मिति भदौ २४ गते निर्धारण गरिएको छ । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X