शुक्रबार, माघ ९,२०८२ 07:36:47
Bizshala
  • शुक्रबार, माघ ९,२०८२ 07:36:47
Bizshala
Global IME Bank Limited
Bizshala

नाडा अटो शोमा मारुति सुजुकीको ई-भिटाराले खिच्यो ग्राहकको ध्यान

नाडा अटो शोमा मारुति सुजुकीको ई-भिटाराले खिच्यो ग्राहकको ध्यान
Shivam Cement

काठमाडौं । मारुती सुजुकीको पहिलो इभी 'ई-भिटारा' नाडा अटो शोको आकर्षण बनेको छ। 

कम्पनीले ई भीएक्स कोडनेम दिएर विकास गरेक पहिलो इलेक्ट्रीक एसयूभी ई-भिटाराले ग्राहकको मन जितेको छ।

ई-भिटारा भारतको गुजरातमा उत्पादन भएको हो । कम्पनीले यो ग्लोबल मोडल ईभीको ५० प्रतिशत उत्पादन जापान तथा युरोपियन देशहरूमा निर्यात गर्ने लक्ष्य बनाएको छ । सोही कारण यसको डेब्यू समेत युरोपियन देशमा भएको कम्पनीले जनाएको छ। 

Bizshala
Garima Development Bank
New Office

मारुती सुजुकीको पहिलो ईभीमा बीवाईडीको एलएफपी ब्लेड ब्याट्री प्रयोग भएको कम्पनीले जनाएको छ । यसमा ४९ किलोवाट आवर तथा ६१ किलोवाट आवरको दुई साइजको ब्याट्री अप्सन रहेको छ । यो ईभीको रेन्ज ४०० देखि ५०० किलोमिटरसम्मको हुनेछ ।

फ्रन्टह्वील ड्राइभ अप्सनमा १०६ र १३५ किलोवाटको दुई मोटर अप्सन रहेको छ । जसमा ४९ किलोवाट आवरको ब्याट्री अप्सनसँग दिएको मोटरले १४४ हर्सपावर तथा ६१ किलोवाट आवरको ब्याट्री अप्सनसँग दिएको मोटरले १७४ हर्सपावर र १८९ न्यूटन मिटरको टर्क जेनेरेट गर्छ ।

त्यस्तै, ई अलग्रिप अप्सन भएको अलह्वील दिएको मोटरले भने कम्बाईन १८४ हर्सपावर तथा ३०० न्युटन मिटरको टर्क जेनेरेट गर्छ ।

सुजुकीको नयाँ ईभी टेक्नलोजी र फिचरले भरिपूर्ण रहेको छ । फ्रन्ट र रियरमा ट्राइस्ल्यास डिजाइनको एलईडी डीआरएल दिएको यो ईभीको चार्जिङ पोर्ट भने फ्रन्टमा दिएको छ । 

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

ई भिटारामा इन्टेरियरमा फ्लोटिङ डिउल स्क्रीन, अटोमेटिक क्लाइमेट कन्टोल, ३६० डिग्री क्यामरा, टुस्पोक फ्ल्याट बटम स्टेरिङ ह्वील एडास, प्यानारोमिक सनरुफ, इलेक्टोनिक पार्किङ ब्रेक, अटोहोल्ड, हिल डिसेन्ट कन्टोल, हिटेड ओआरभीएम, वायरलेस फोन चार्जर लगायत फिचर छन् ।

मारुती सुजुकी ई भिटाराको लम्बाइ ४२७५ एमएम, चौडाइ १८०० एमएम र १६३५ एमएमको उचाइ रहेको छ । यो ईभी २७०० एमएमको ह्वीलबेसमा बनेको हो । ई भिटाराको अलह्वील डाइभमा १९ इन्चको ह्वील दिएको छ भने सिंगल डाइभमा १८ इन्चको ह्वील रहेको छ । यो ईभीको ग्राउण्ड क्लियरेन्स भने १८० एमएमको रहेको छ । त्यस्तै, यो ईभीको कर्भवेट क्रमशः १७०२ र १८९९ केजीको रहेको छ ।

नाडा अटो शो अवधिरमा कम्पनीले यो भिटाराको मूल्य सार्वजनिक गर्ने जनाएको छ । 

यसबाहेक सुजुकीका अन्य पेट्रोलियम गाडीहरूमा पनि आकर्षण देखिएको छ । कम्पनीले नाडा अटो शो विशेष अफर पनि ल्याएको छ । पेट्रोलियमबाट चल्ने सम्पूर्ण गाडीहरूमा नाडा अटो शो अवधिभर बुकिङ गर्ने ग्राहकहरूलाई रु. १ लाख सम्म छुट दिने कम्पनीले जनाएको छ।

मारुति सुजुकीले नाडा अटो शोमा Fronx, E-Vitara, Celerio, Breeza, Jimmy मोडलका गाडीहरू राखेको छ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.