काठमाण्डौ । दिनभर उतारचढावपूर्ण रहेको बजार अन्त्यमा करिब १० अंकले घटेर बन्द भयो । आज बजार घट्दा कारोबार पनि साढे २ महिना यताकै न्यून भएको छ । प्राविधिक रुपमा हालको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा तल्लो ब्याण्डमा चलेको देखिन्छ ।
हाल तल्लो ब्याण्डमा चलेको बजारले बिस्तारै माथिको यात्रा लिँदै गरेको देखिन्छ । म्याक्डी मार्फत नियाल्दा केही समय पहिले बनेको वियरिस क्रसओभर भ्यालिड नै रहेको छ । तर हिस्टोग्राम नेगेटिभ नै रहेका छन् । तर यस्तो हिस्टोग्राम फिक्का र छोटा–छोटा हुँदै गएका छन् ।
बजारलाई मनी फ्लो इन्डेक्सबाट नियाल्दा हाल ओभर सोल्ड जोनमा चलेको देखिन्छ । घट्दो बजारमा यस्तो इन्डेक्स लामो समय ओभर सोल्ड जोनमा चल्न पनि सक्छ । प्रायः मनी फलो इन्डेक्स ओभर सोल्ड जोनमा पुगे पछि भने सुधारको गति लिन पनि सक्छ । विभिन्न इन्डिकेटरबाट नियाल्दा अहिले नै बजारमा सुधारको कुनै पनि संकेत देखिदैन ।
तर कारोबार निकै ड्राई अप भएको र मनी फ्लो इन्डेक्स पनि ओभर सोल्ड जोनमा पुगेको कारण बजारमा कुनै पनि बेला सुधारको सम्भावना पनि त्यतिकै रहन्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेष्ण कारोबारका लागि सिफारिस भने होइन ।