काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेड(एलआईसी)को सञ्चालक समितिको अध्यक्षमा रत्नाकर पटनायक नियुक्त भएका छन् । साउन २८ गते बसेको कम्पनीको १४३ औं बैठकले सञ्चालक पटनायकलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।
यस्तै सोही दिन बसेको सञ्चालक समितिको बैठकले परमेन्द्र हरिलाई कम्पनीको सञ्चालक सदस्य नियुक्त गर्ने निर्णय गरेको छ । उनी संस्थापक सेयरधनी भारतीय जीवन बीमा निगमबाट प्रतिनिधित्व गर्ने गरी सञ्चालक पदमा नियुक्त भएका हुन् ।