आईतवार, जेष्ठ ३,२०८३ 04:39:29
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 04:39:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

अन्तिम १५ मिनेटको व्यवस्था हटाउन लगानीकर्ताको दौडधुप, आज सेबोन अध्यक्षसँग गोप्य बैठक

Laxmi Sunrise Bank Limited
अन्तिम १५ मिनेटको व्यवस्था हटाउन लगानीकर्ताको दौडधुप, आज सेबोन अध्यक्षसँग गोप्य बैठक
Shivam Cement

काठमाण्डौ। नेपाल धितोपत्र बोर्ड र सेयर लगानीकर्ताहरुबिच गोप्य बैठक बस्दैछ। पछिल्लो समय सेयर लगानीकर्ताहरुले अन्तिम १५ मिनेटको भारीत औषत गणना खारेजको माग गर्दै आइरहेका छन् । सोही विषयमा लगानीकर्ताहरु आज धितोपत्र बोर्डमा पुगेका हुन् ।  

यसअघि लगानीकर्ताहरुले नेपाल स्टक एक्सचेन्जमा उक्त अन्तिम १५ मिनेटको औषत गणना खारेजको माग राखिसकेका छन् । लगानीकर्ता र सेबोनका अध्यक्ष सन्तोष नारायण श्रेष्ठबीच आज बोर्डमा गोप्य बैठक बसेको हो ।

Bizshala
New Office
CG Motors

छलफलमा जनरल इन्भेष्टर एशोसिएसनका अध्यक्ष दीपक कार्की, नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे, साधारण लगानीकर्ता संघ नेपालका अध्यक्ष ऋतुजंग जिसी र नेपाल धितोपत्र लगानीकर्ता संघका महासचिव प्रकाश रजौरे लगायतको सहभागिता थियो । 

पछिल्लो समय सेयरबजार दैनिक घट्नु पछाडिको एउटा प्रमुख कारण नेपाल स्टक एक्सचेञ्जले करिब ५ महिना अगाडि ल्याएको अन्तिम  १५ मिनेटमा भारित औषत गणना गर्ने नियम पनि रहेको लगानीकर्ताहरुले बताउँदै आएका छन् ।  

यो विषयमा नेप्सेका सिइओ चुडामणि चापागाईं सकारात्मक देखिएपनि नियामक निकाय धितोपत्र बोर्डले यो विषयको कार्यान्वयन गर्ने भएकाले आज दुईपक्षबीच गोप्य बैठक बसेका हुन् ।

 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.