काठमाण्डौ। नेपाल धितोपत्र बोर्ड र सेयर लगानीकर्ताहरुबिच गोप्य बैठक बस्दैछ। पछिल्लो समय सेयर लगानीकर्ताहरुले अन्तिम १५ मिनेटको भारीत औषत गणना खारेजको माग गर्दै आइरहेका छन् । सोही विषयमा लगानीकर्ताहरु आज धितोपत्र बोर्डमा पुगेका हुन् ।
यसअघि लगानीकर्ताहरुले नेपाल स्टक एक्सचेन्जमा उक्त अन्तिम १५ मिनेटको औषत गणना खारेजको माग राखिसकेका छन् । लगानीकर्ता र सेबोनका अध्यक्ष सन्तोष नारायण श्रेष्ठबीच आज बोर्डमा गोप्य बैठक बसेको हो ।
छलफलमा जनरल इन्भेष्टर एशोसिएसनका अध्यक्ष दीपक कार्की, नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे, साधारण लगानीकर्ता संघ नेपालका अध्यक्ष ऋतुजंग जिसी र नेपाल धितोपत्र लगानीकर्ता संघका महासचिव प्रकाश रजौरे लगायतको सहभागिता थियो ।
पछिल्लो समय सेयरबजार दैनिक घट्नु पछाडिको एउटा प्रमुख कारण नेपाल स्टक एक्सचेञ्जले करिब ५ महिना अगाडि ल्याएको अन्तिम १५ मिनेटमा भारित औषत गणना गर्ने नियम पनि रहेको लगानीकर्ताहरुले बताउँदै आएका छन् ।
यो विषयमा नेप्सेका सिइओ चुडामणि चापागाईं सकारात्मक देखिएपनि नियामक निकाय धितोपत्र बोर्डले यो विषयको कार्यान्वयन गर्ने भएकाले आज दुईपक्षबीच गोप्य बैठक बसेका हुन् ।
.jpg)
.jpg)