सोमबार, भाद्र ९,२०८२ 08:33:57
  • सोमबार, भाद्र ९,२०८२ 08:33:57
Global IME Bank Limited

होन्डाको दशैं योजना ‘चंगा उड्छ फरर, होन्डा कारमा सरर’ सार्वजनिक

Hyundai Nepal
होन्डाको दशैं योजना ‘चंगा उड्छ फरर, होन्डा कारमा सरर’ सार्वजनिक
Shivam Cement

काठमाण्डौ । नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले हिन्दूहरूको महान् चाड दशैंको अवसर पारेर आफ्ना ग्राहकहरूका लागि आकर्षक योजना ‘चंगा उड्छ फरर, होन्डा कारमा सरर’ सार्वजनिक गरेको छ ।  

‘यो दशैं वेष्ट भ्यालु रोज्नुहोस्’ भन्ने नाराका साथ ल्याइएको यो योजना भदौ ७ गतेदेखि २०८२ कार्तिक १४ गतेसम्म नेपाल अधिराज्यभरका सबै होन्डा शोरूमहरूमा लागू हुनेछ । यस योजनाको मुख्य उद्देश्य चाडपर्वको समयमा गाडी खरिद गर्न चाहने ग्राहकहरूलाई उत्कृष्ट मूल्य र सेवा प्रदान गर्नु रहेको छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यस योजना अन्तर्गत ग्राहकहरूले होन्डा कारको खरिदमा विभिन्न आकर्षक सुविधाहरू प्राप्त गर्न सक्नेछन् । कम्पनीले रु. ४ लाखसम्मको आकर्षक नगद छुटको व्यवस्था गरेको छ । यसका साथै, ग्राहकहरूले ५ वर्षको लागि निःशुल्क सर्भिसिङ, १ वर्षको निःशुल्क फुल इन्स्योरेन्स, र १ वर्षको लागि सडक करमा छुट जस्ता सुविधा पनि पाउनेछन्। पुराना गाडीसँग नयाँ होन्डा साट्न चाहने ग्राहकहरूका लागि रु. २५ हजारबराबरको एक्सचेन्ज बोनसको पनि व्यवस्था गरिएको छ ।

यसबाहेक, ग्राहकहरूले हरेक गाडीको खरिदमा निःशुल्क एसेसरिज, २ वर्षको इन्जिन वारेन्टी, र एक पटकको लागि निःशुल्क रोडसाइड असिस्टेन्स जस्ता थप सुविधा पनि प्राप्त गर्नेछन् । यी सबै अफरहरूले ग्राहकहरूलाई होन्डा गाडीको स्वामित्व ग्रहण गर्दा पूर्ण मानसिक शान्ति र उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीले विश्वास लिएको छ ।  

यो योजना होन्डाका लोकप्रिय मोडेलहरू जस्तै होन्डा सिटी, सिटी ईःएचईभी, एलिवेट, अमेज, र सिटी फिफ्थ जेनेरेसन लगायतका गाडीहरूमा उपलब्ध हुनेछ ।

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.