सोमबार, श्रावण १८,२०८३ 01:17:17
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 01:17:17
Bizshala
Global IME Bank Limited

कोरियन एयरले बोइङको १०३ वटा विमान खरिद गर्ने

कोरियन एयरले बोइङको १०३ वटा विमान खरिद गर्ने
New Office

काठमाण्डौ । दक्षिण कोरियाली हवाई कम्पनी कोरियन एयरले बोइङको १०३ वटा विमान खरिद गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना व्यापार साझेदारहरुलाई अमेरिकासँग बढी भन्दा बढी व्यापार गर्न दबाब दिएसँगै बोइङ र कोरियन एयरबीच ३६ बिलियन डलर मूल्य पर्ने १०३ वटा विमान खरिद गर्ने सम्झौता भएको हो ।  

यो सम्झौता दक्षिण कारियाली राष्ट्रपति लि जेई म्युङले ट्रम्पलाई वासिङटनमा भेटेको केही घण्टापछि सम्पन्न भएको हो । दुवै देशका राष्ट्रपति अमेरिकाले गत जुलाईमा दक्षिण कोरियामाथि लगाएको १५ प्रतिशत ट्यारिफको विषयमा छलफल गर्न भेट गरेका थिए ।  

कोरियन एयरले बोइङको ७८७, ७७७ र ७३७ प्यासेन्जर जेट विमान खरिद गर्ने दुवै कम्पनीद्वारा जारी गरिएको संयुक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।  

कोरियन एयर एशियाना एयरलाइन्ससँग मर्ज भएको अवस्थामा बजारमा प्रतिष्पर्धि कायम रहन नयाँ जेट खरिदले सहयोग पुर्याउने कोरियन एयरका मालिक वाल्टन चाओले बताएका छन् ।  

ट्रम्प र लि बीचको भेटघाटको क्रममा सामसुङ र हुन्डाई मोटर ग्रुपका पदाधिकारीहरु समेत सहभागी थिए ।  

गत जुलाईमा जापानले पनि १०० वटा बोईङ विमान खरिद गर्ने सम्झौता गरेको थियो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.