काठमाण्डौ । दक्षिण अफ्रिकी देश बोत्सवानाले सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ। अत्यावश्यक औषधि र चिकित्सा उपकरणको अभावको सामना गरिरहेको अवस्थामा यो देशले स्वास्थ्य आपतकाल घोषणा गरेको हो।
राष्ट्रपति डुमा बोकोले सोमबार टेलिभिजन सम्बोधनमा उक्त घोषणा गरेका हुन्। उनले आपूर्ति शृङ्खलालाई सुव्यवस्थित गर्न सेनाको अनुगमनसँग सम्बन्धित योजना प्रस्तुत गरे, जसमा करोडौं पाउन्ड खर्च हुने जनाइएको छ।
राष्ट्रका नाममा सम्बोधन गर्दै उनले सरकारसँग पैसाको अभाव भएको बताए । जसका कारण औषधि र चिकित्सा सेवा कठिन अवस्थामा पुगेको बताइएको छ । विश्वकै सबैभन्दा ठूलो हीरा उत्पादक मुलुक भएकाले अन्तर्राष्ट्रिय हीरा बजारमा आएको गिरावटले देशको अर्थतन्त्रमा नराम्रो असर परेको छ ।
मिडिया रिपोर्टका अनुसार यसका कारण बोत्स्वानाको २५ लाख जनसंख्याको ठूलो हिस्सा बेरोजगारी र गरिबीसँग संघर्ष गरिरहेको छ ।