IME remit
  • मंगलवार, कार्तिक ११,२०८२ 11:21:06
IME remit
Global IME Bank Limited

भारतमाथि आजदेखि ५०% ट्यारिफ लागू, अमेरिकाले जारी गर्यो सूचना

Hyundai Nepal
भारतमाथि आजदेखि ५०% ट्यारिफ लागू, अमेरिकाले जारी गर्यो सूचना
Shivam Cement

काठमाण्डौ । अमेरिकी सरकारले भारतमा लगाएको २५ प्रतिशत अतिरिक्त कर लागू गर्न आधिकारिक सूचना जारी गरेको छ । यो ट्यारिफ भारतीय समय अनुसार २७ अगस्ट बिहान साढे ९ बजेदेखि लागू हुनेछ।

यसअघि भारतमाथि २५ प्रतिशत ट्यारिफ लगाइएको थियो । अब अमेरिकाले भारतमाथि लगाएको कुल ट्यारिफ ५० प्रतिशत पुगेको छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

अमेरिकाले जारी गरेको सूचनामा अगस्ट २७ वा त्यसपछि प्रयोगका लागि आउने वा गोदामबाट निकालिएका कुनै पनि भारतीय सामानहरू यो बढेको ट्यारिफको दायरामा आउनेछन्।

ट्रम्पले भारतमा ५० प्रतिशत कर लगाउनुको पछाडि भारतले रुसबाट कच्चा तेल खरिद गरेर युक्रेन विरुद्धको युद्धमा रुसलाई सहयोग गरिरहेको बताएका छन् । जबकि भारतले ट्रम्पको निर्णयलाई अनुपयुक्त, अव्यावहारिक र तर्कहीन भनेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमा २६ प्रतिशत कर लगाउने घोषणा गरेका थिए तर पछि यो निर्णय ९० दिनका लागि स्थगित गरिएको थियो ।

ट्यारिफबाट भारतमा करिब ४८.२ अर्ब डलरको निर्यातलाई असर गर्नेछ। सबैभन्दा ठूलो असर ती उद्योगहरूमा पर्नेछ जसमा धेरै मानिसहरूले काम पाउँछन्। यसमा कपडा, छाला, हीरा, गहना, गलैंचा र फर्निचर समावेश छन्। यी वस्तुको निर्यात सबैभन्दा बढी प्रभावित हुने सम्भावना छ । अर्कोतर्फ औषधि, इलेक्ट्रोनिक्स र पेट्रोलियम पदार्थमा भने कुनै असर नपर्ने जनाइएको छ ।  

अमेरिका भारतको सबैभन्दा ठूलो निर्यात बजार हो। गत वर्ष भारतले अमेरिकामा ८७ अर्ब डलर निर्यात गरेको थियो जो यो वर्ष ४९.६ बिलियन डलरमा सीमित हुन सक्छ। 

CG Motors
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.