बिहीबार, भाद्र १२,२०८२ 11:54:05
  • बिहीबार, भाद्र १२,२०८२ 11:54:05
Global IME Bank Limited

आईपीओ निष्कासनको प्रस्तावसहित सोपान मल्टिपलले डाक्यो एजीएम

Hyundai Nepal
आईपीओ निष्कासनको प्रस्तावसहित सोपान मल्टिपलले डाक्यो एजीएम
Shivam Cement

काठमाण्डौ । सोपान मल्टिपल कम्पनी लिमिटेडले आईपीओ निष्कासनको विशेष प्रस्तावसहित साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ ५ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा डाकेको हो ।  

उक्त सभा आगामी असोज २ गते बिहिबारका दिन ललितपुरको बालकुमारीमा रहेको हर्ष बाटिकामा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

उक्त सभामा कम्पनीको प्रबन्धपत्रमा सर्वसाधारणका लागि छुट्टाइएको साधारण सेयरको प्रचलित धितोपत्र सम्बन्धि कानून तथा कम्पनी ऐनमा भएको व्यवस्थाबमोजिम कम्पनीयोग्य भएमा धितोपत्र बोर्डबाट स्वीकृती लिई प्रिमियम मूल्यमा र योग्य नभएमा अंकित मूल्यमा नै सर्वसाधारणमा आईपीओ जारी गर्ने र यससम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

यस्तै कम्पनीको पूँजी वृद्धि गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा कुनै संशाधेन गर्न नियमनकारी निकायबाट निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उक्त सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा २०८२ असार मसान्तसम्मको वासलात,नाफा नोक्सान हिसाब,नगद प्रवाह विवरण र लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।      

कम्पनीले आईपीओ निष्कासन प्रयोजनका लागि एनएमबी क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक समेत नियुक्त गरिसकेको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १०७ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०७ रुपैयाँमा आईपीओ निष्कासन गर्ने योजना बनाएको छ । कम्पनीले आफ्नो पूँजी १ अर्ब ४५ करोड ७५ लाख रुपैयाँ पुर्याउने योजना बनाएको छ । जस अन्तर्गत संस्थापकतर्फ ८० प्रतिशत अर्थात १ करोड १६ लाख ६० हजार कित्ता हिस्सा रहने छ भने २० प्रतिशत अर्थात २९ लाख १५ हजार कित्ता बराबरको आईपीओ जारी गर्ने तयारी कम्पनीको छ ।  

महतो समूहको प्रमुख लगानी रहेको सोपान मल्टिपल लिमिटेड एउटा होल्डिङ(इन्भेष्टमेन्ट)कम्पनी हो । डा.उपेन्द्र ,विरेन्द्र प्रसाद महतो,रामेश्वर रिजाल,ताराप्रसाद पोखरेल,जीवनाथ लामिछाने,राजेन्द्र मल्ल,अशोक कुमार खड्का,वसन्त चन्द्र मरहट्टा लगायतको नेतृत्व र सक्रियतामा यो कम्पनीले शिक्षा,स्वास्थ्य, जलविद्युत,रियल स्टेट र पूर्वाधार विकास लगायतका क्षेत्रमा लगानी विस्तार गर्दै आएको छ ।  

यस कम्पनीको मातहतमा कान्तिपुर इन्जिनियरिङ कलेज,एक्मी इन्जिनियरिङ कलज,सोपान फर्मास्युटिकल्स ,मोल्निया पावर लिमिटेड,मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड,माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेड,सोपान प्रोपर्टिज कम्पनी लिमिटेड रहेका छन् ।  

सोपान मल्टिपलको लगानी रहेको मैलुङ खोला जलविद्युत कम्पनी र माथिल्लो मैलुङ खोलाले आईपीओ निष्कासन गरिसकेको छ भने सोपान फर्मास्युटिकल्सले पनि आईपीओ निष्कासनका लागि तयारी गरेको छ । 

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.