काठमाण्डौ । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । उक्त आईपीओ धितोपत्र बिक्री प्रबन्धक नबिल इनभेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा आज बिहान बाँडफाँड भएको हो ।
कम्पनीले गत साउन ३० गतेदेखि भदौ ३ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । नबिल इनभेष्टमेन्ट बैंकिङका अनुसार कम्पनीको आईपीओमा कुल २४ लाख ४० हजार ४६० आवेदकबाट २ करोड ७४ लाख ६४ हजार ५७० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ ।
यसमध्ये २४ लाख ३६ हजार ३९३ आवेदन सदर र २ हजार ३०० आवेदन बदर भएको छ । यसरी कुल सदर आवेदकबाट २ करोड ७४ लाख १८ हजार ५४० कित्ता सेयरका लागि खरिद आवेदन परेको छ ।
कुल सदर आवेदकमध्ये १९ हजार ५१९ जनालाई १० कित्ताका दरले १ लाख ९५ हजार १९० सय कित्ता सेयर बाँडफाँड गरिएको छ । बाँकी ५ कित्ता सेयर ५ जनालाई १÷१ कित्ताका दरले बाँडफाँड गरिएको छ ।
आईपीओको नतिजा मेरो सेयर तथा सिडिएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिनेछ ।
संस्थाले आम सर्वसाधारण्मा १ लाख ९५ हजार १९५ कित्ता सेयर जारी गरेको थियो ।