काठमाण्डौ । एनएमबी म्युचुअल फण्ड र सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित कुल चारवटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज एनएमबि ५०, एनएमबि सुलभ इन्भेष्टमेन्ट, सिटिजन्स म्युचुअल फण्ड २ र सिटिजन्स सुपर ३० को लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।
यी म्युचुअल फण्डको लाभांश वितरण प्रयोजनका लागि सम्बन्धित क्यापिटलहरुले भदौ १३ गते एकदिनका लागि बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम हुने इकाईधनीहरु मात्रै लाभांश पाउन योग्य हुनेछन् ।
एनएमबि फिफ्टीका इकाईधनीहरुले आर्थिक वर्ष २०८१/८२ का लागि १५ प्रतिशत र एनएमबि सुलभ इन्भष्टमेन्ट फण्ड–२ का इकाईधनीहरुले पनि १५ प्रतिशत लाभांश पाउनेछन् ।
यस्तै सिटिजन्स म्युचुअल फण्ड २ का इकाईधनीहरुले आर्थिक वर्ष २०८१/८२ का लागि ८.२५ प्रतिशत र सिटिजन्स सुपर ३० का इकाईधनीहरुले १२.७५ प्रतिशत लाभांश पाउनेछन् ।