सोमबार, श्रावण ११,२०८३ 01:35:06
Bizshala
  • सोमबार, श्रावण ११,२०८३ 01:35:06
Bizshala
Global IME Bank Limited

टेलिकमले पनि बन्द गर्न थाल्यो दर्ता नभएका सामाजिक सञ्जाल

टेलिकमले पनि बन्द गर्न थाल्यो दर्ता नभएका सामाजिक सञ्जाल
New Office

काठमाण्डौ । सरकारको निर्देशन अनुसार नेपाल टेलिकमले दर्ता नभइ सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गरेको छ।

टेलिकमले बिहीबार जारी गरेको सूचनामा नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनअनुसार सो निर्णय गरिएको जनाएको छ।

सूचनामा भनिएको छ, “नेपाल दूरसञ्चार प्राधिकरणको मिति २०८२/०५/१९, पत्र संख्या ५९७ अनुसार सर्वोच्च अदालतको आदेश, मन्त्रिपरिषदको निर्णय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रिस्तरीय बैठकको निर्णय र सामाजिक सञ्जाल प्रयोग व्यवस्थापन निर्देशिका, २०८० बमोजिम नेपालमा सूचीकरण नभई सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू निष्क्रिय गर्न टेलिकमलाई निर्देश गरिएको छ। सोही अनुरूप ती प्लेटफर्महरू हाल बन्द गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ।”

टेलिकमले थप भन्यो कि ती प्लेटफर्महरू भविष्यमा पुनः सञ्चालनमा ल्याउने विषय प्राधिकरणको निर्देशन अनुसार तय हुनेछ।

यसअघि एनसेलले पनि दर्ता नभइ सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गरेको जानकारी गराइसकेको थियो।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.