Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

कस्तो हुनेछ आईफोन १६ ? यस्तो छ क्यामेरादेखि सफ्टवेयरसम्मको जानकारी

Global IME Bank Limited
कस्तो हुनेछ आईफोन १६ ? यस्तो छ क्यामेरादेखि सफ्टवेयरसम्मको जानकारी
Nabil Bank Limited

काठमाण्डौ । आईफोन निर्माता कम्पनी एप्पलले आईफोन १६ ल्याउने तयारी गरेको छ । कम्पनी आगामी सेप्टेम्बर महिना फाईफोन १६ लञ्च गर्न सक्ने जनाइएको छ । आईफोन १६ आईओएस १८ सहित लञ्च हुनेछ । जुन एप्पलको अहिलेसम्मको इतिहासमै सबैभन्दा ठूलो अपडेट हुनेछ ।  

एप्पलले आईफोन १६ सिरिजकाका डिजाइनहरुमा परिवर्तन गर्ने तयारी गरिरहेको छ । कम्पनीले आईफोन १६ प्रोको स्क्रिन ६.३ इन्च र आईफोन १६ प्रो म्याक्सको स्क्रिन ६.९ इन्चसम्म बढाउन सक्ने जनाइएको छ ।  

नन–प्रो मोडल आईफोन १६ र आईफोनमा प्लसमा क्यामेरा रिडिजाइनिङ गरिने सम्भावना रहेको छ । तर यी मोडलहरुको आकार एउटै हुनुका साथै ६०एचजेट डिस्प्ले हुने जनाइएको छ ।  

नयाँ आईफोन १६ को लाइनअपमा ब्याट्रीको प्रविधि परिवर्तन गरिने र यसले ब्याट्री लामो समयसम्म टिक्ने जनाइएको छ । यसका साथै ब्याट्रीको चार्जिङ स्पीड पनि बढाइने  छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आईफोन १६ मा डुअल क्यामेरा सेटअप गरिनेछ । तर प्रो मोडलहरुमा भने तीनवटा क्यामेरा हुनेछ । प्रो मोडलमा नयाँ ४८ एमपी अल्ट्रावाइड सेन्सर देख्न सकिनेछ । जुन अहिलेको १२ एमपी सुटरको अपग्रेड हुनेछ ।  

यस्तै आईफोन १६ प्रो म्याक्समा सुधारिएको ८ भाग भएको हाईब्रिड लेन्स पनि प्रदान गरिने सम्भावना रहेको छ । जसले कम लाइट र रात्रिसमयमा पनि गुणस्तरिय फोटो खिच्ने सहयोग गर्नेछ । आईफोन १६ प्रोमा आईफोन १५ प्रो म्याक्समा रहेको फाइभएक्स टेलिफोटो प्रदान गरिने सम्भावना समेत रहेको मिडिया रिपोर्टमा जनाइएको छ ।  

आईफोन १६ मा अपग्रेड हुन लागेको सबैभन्दा ठूलो परिवर्तन भनेको आईओएस १८ हो । आईओएस १८ मा एआई फिचर्सहरु पनि रहने छन् । एआई जेनेरेटिभ फिचर्सले प्रयोगकर्ताका लागि कन्टेन्ट समराइज र ट्रान्सलेट गर्नेछ ।    

कम्पनीले भिडियो रेकडिङका लागि नयाँ क्यापचर बटन पनि राख्ने भएको छ । यो बटन पावर बटनभन्दा केहि तल हुनेछ । आइफोन १६ प्रो र प्रो म्याक्सले वाइफाई ७ सर्पोट गर्नेछन् । यसले २.४,५ र ६ गेगाहर्ज ब्यान्डमा डेटा प्राप्त गर्न र पाउन सहयोग गर्नेछ । यसका साथै यसले वाइफाइ कनेक्सन तीव्र बनाउन सहयोग गर्नेछ ।  

कम्पनीले आईफोन १६ लाइनअपका फोनहरुको आधार मूल्य बढाउने योजना बनाएको छ । तर यसबारे कुनै पनि आधिकारीक जानकारी भने बाहिरीसकेको भने छैन । त्यसैले मूल्यबारे जान्न भने आगामी सेप्टेम्बरसम्म कुर्नुको विकल्प छैन ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.