काठमाण्डौ । शुक्रबार नेपाली बजारमा सुन–चाँदी दुवैको मूल्य फेरि ऐतिहासिक उचाइमा पुगेका छन् ।
सुन प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भयो, जुन हालसम्मकै सबैभन्दा बढी हो ।
अघिल्लो दिनको तुलनामा मूल्य २५ सय रुपैयाँले बढेको छ । त्यसअघि सुनको मूल्य प्रतितोला २ लाख ७ हजार ९ सय रुपैयाँ थियो । एक साताभित्र मात्र सुन करिब १० हजार रुपैयाँले महँगिएको छ । गत शुक्रबार यसको मूल्य २ लाख ६ सय रुपैयाँमा सीमित थियो ।
त्यस्तै, चाँदी पनि नयाँ रेकर्डमा पुगेको छ । अघिल्लो दिन प्रतितोला २४८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १० रुपैयाँले बढेर २४९० रुपैयाँमा पुगेको हो । यो मूल्य पनि हालसम्मकै उच्च मानिएको छ ।