काठमाण्डौ । प्रोटोन नेपालले नेपाली ईभी ग्राहकहरूको विश्वास जितिरहेको छ । यसैक्रममा प्रोटोनले उपलब्धि हासिल गर्दै, बुटवलमा आफ्नो शो–रुम औपचारिक रूपमा उद्घाटन गर्नु अघि नै आफ्ना प्रिमियम इलेक्ट्रिक एसयूभी प्रोटोन इमास ७ का १० युनिट हस्तान्तरण गरेको छ । योशोरूम बुटवल–भैरहवा क्षेत्रका लागि बालाजी ई–अटोमोबाइल्ससँग साझेदारीमा सञ्चालन हुनेछ।
यस हस्तान्तरणले नेपालभरका ग्राहकहरूबीच इमास ७ को लोकप्रियता बढिरहेको स्पष्ट देखाएको छ । धेरै खरिदकर्ताहरूले शो–रुम उद्घाटनअघि नै आफ्नो ईभी खरिद सुनिश्चित गर्ने निर्णय गरेका छन्, जसले प्रोटोनको प्रविधि र बिक्रीपछिको सेवाप्रतिको विश्वास काठमाण्डौभन्दा बाहिर पनि तीव्रगतिमा बढिरहेको देखिएको छ ।
यो उपलब्धि पोखरामा सम्पन्न सफल हस्तान्तरण पछि आएको हो, जहाँ प्रोटोनले उत्साही ग्राहकसँग सामूहिक हस्तान्तरणको उत्सव मनाएको थियो । पोखराको सफलतामाथि आधारित हुँदै, बुटवलको सामूहिक हस्तान्तरणले ब्रान्डको विश्वसनीयता र नेपालभर बढ्दो लोकप्रियतालाई अझ मजबुत बनाएको छ ।
यसै प्रसंगमा नेपालमा प्रोटोनका आधिकारिक वितरक जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले भने, ‘शो रुम उद्घाटन हुनु अघि नै बुटवलका १० परिवारहरूले आफ्नो प्रोटोन इमास ७ घर लैजाने अवसर पाउनु हाम्रो लागि गौरवको क्षण हो । यसले नेपाली ग्राहकहरूले विश्वस्तरीय प्रविधि, सुरक्षा, सुविधा र हाम्रो ग्राहकलाई प्राथमिकता दिने नीतिलाई थप प्रमाणित गर्दछ ।’
त्यसैगरी, शुन्य प्रतिशत ब्याजदरमा वित्तीय सुविधा, उत्कृष्ट वारेन्टी र भरपर्दो सेवा सञ्जालजस्ता आकर्षक अफरहरू सहित, प्रोटोनले नेपाली परिवारहरूका लागि ईभीको स्वामित्वलाई अझ सजिलो र भरपर्दो बनाउन लक्ष्य राखेको छ ।